सामुदायिक विद्यालय सुधारका लागि अक्षयकोष

रासस
१५ कार्तिक २०७७ २२:०३

डोटी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सो नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा रु एक लाख दिने प्रतिबद्धतानुसार डोटी चेम्बर्स अफ कमर्शका अध्यक्ष साउदले आफ्ना आमा इन्द्रादेवी साउद र बुबा खड्गबहादुर साउदको नाममा उक्त चेक नगरका वडा नं. ९ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर साउदलाई हस्तान्तरण गरेका हुन् । नगरपालिकामा ५० सामुदायिक विद्यालय छन् ।

‘राष्ट्रकालागि योगदान’ संस्थाका जिल्ला संयोजक दीपेन्द्र खड्काले सोही विद्यालयमा रु पाँच हजार ५०० र नेपाल स्वयंसेवक सङ्घ जिल्ला कमिटीका संयोजक धनबहादुर कुमालले रू १० हजार रकम सहयोग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *