उपत्यकामा १६२२ सहित देशभर थप २८२४ कोरोना संक्रमित , २२६४ जना कोरोनामुक्त

डिसी नेपाल
१६ कार्तिक २०७७ १६:३३

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ६२२ सहित देशभर २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४ गरी जम्मा १६२२ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *