नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैनः महासचिव पौडेल

डिसी नेपाल
१६ कार्तिक २०७७ १७:४०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् अर्थ मन्त्री विष्णु पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक स्टाटसमा आफ्ना धारणा राख्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच असहमति बढिरहेका बेला महासचिव पौडेलको यस्तो अभिव्यक्ति आएको हो।

नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने पौडेलले उल्लेख गरेका छन् । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’स्टाटसमा भनेका छन्।

राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय…

Posted by Bishnu Prasad Paudel on Sunday, November 1, 2020

शनिबार ११ दिन लामो संवादहीनता अन्त्य गर्दै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीसँगको भेटमा प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन, कर्णाली प्रदेशको प्रकरण, रअ प्रमुखको भ्रमण र पर्सा घटनालाई लिएर प्रचण्डले जनाएका थिए।

यसअघी महासचिव पौडेल दुई अध्यक्षबीच मतान्तर बढ्दै गएपछि दुवैलाई छुट्टाछुट्टै भेटेर संवाद गराउने प्रयत्न गरेका थिए।
पूर्व एमाले र पूर्व माओवादी एकिकरण गर्दा पनि ओली र प्रचण्ड निकट रहेर पार्टी एकतालाई सम्भव तुल्याउनमा पौडेलको पनि भूमिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *