रात छिप्पिएपछि नेकपा प्रवक्ताको फेसबुक पोस्टः पार्टी एक्ताको पक्षमा दृढतापूर्वक उभिऔं

डिसी नेपाल
१६ कार्तिक २०७७ २२:५८

काठमाडौं। सत्तारुढ दल नेकपामा शनिबार दुई अध्यक्षबीच भएको भेट सकरात्मक नभएपछि पार्टी विभाजनतर्फ धकेलिएको चर्चाले आइतावारको राजनीतिक माहोल तताएको बेला नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठले फेसबुकमा लामो पोष्ट गर्दै पार्टी एकताको पक्षमा उभिन आव्हान गरेका छन्। उनले धेरै ठूलो मेहनत र पसिना बगाएर पार्टी एकता गरिएको भन्दै पार्टी विभाजन कदापि उचित नहुने बताएका छन्।

उनले लेखेका छन्, ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं ।’

https://www.facebook.com/narayankaji.shrestha.33/posts/2766050143652523
उनले पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं भन्ने प्रस्तावसमेत गरेका छन्। उनले पार्टी भित्र देखिएको छलफल ,बहश र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिनसकेको बताएका छन्। यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्ने बताएका छन्।

यसअघि आइतबार दिउँसो नेकपा महासचिब तथा अर्थमन्त्री विष्णु पौडेलले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टी गम्भीर मोडमा पुगेको सार्वजनिक गरेका थिए।
यता आइतबार बिहानैबाट प्रचण्ड निवास खुमलटार र प्रधानमन्त्री निवास बालुवाटारमा छलफल र जमघट बाक्लै भएका छन्। खुमलटारमा ६ जना सचिवालय सदस्यहरुको भेलामा प्रचण्डले शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विकल्प नभएर अलग भएर जाउँ भनेको ब्रिफिंग गरेपछि नेकपामा तरंग आएको छ। उता बालुवाटारमा पनि खुमलटारलाई काउण्टर दिन छलफल गरिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *