कोरोना नियन्त्रण गर्न समय पाए पनि प्रभावकारी नभएको नेविसङ्घको आरोप

डिसी नेपाल
१६ कार्तिक २०७७ २३:५७

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको जनाउँदै विरोध प्रदर्शन गरेको छ ।
नेविसङ्घ केन्द्रीय समितिले आज कोरोना पीडित जनताप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले धेरै समय पाए पनि यसको नियन्त्रणप्रति सरकारले काम गर्न नसकेको आरोप लगाए ।

अर्का महामन्त्री मनोज वैद्यले वर्तमान सरकारले कोरोना पीडित जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । कोरोना महामारी बढ्दै जाँदा सरकारले निःशुल्क उपचार बन्द गरेको आरोप पनि नेविसङ्घले लगाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *