शिक्षाविद् कँडेल खेतीपातीमा पनि

डिसी नेपाल
१७ कार्तिक २०७७ ०:१२

धादिङ । धेरै पढेर गाउँ फर्कन हुन्न र धुलो माटो छुन हुन्न भन्ने सोच त्याग्न सन्देश दिँदै धादिङको गजुरी गाउँपालिका–२ का डा षडानन्द कँडेलले आफ्नो पुख्र्यौली बारीमा खेतीपाती शुरु भएको छ ।

उनले विनासकारी भूकम्पपछि बाँझो रहेका जग्गामा गत वर्षदेखि गाउँकै एक साथी साथमा लिएर खेती थालेका हुन् । सानासाना सुर्का भएका खेतलाई डोजरको सहायताले ठुला गह्रा बनाइएपछि अहिले धान रोपिएको छ ।

उनको कामबाट गाउँमा अरुले पनि स्वावलम्बी हुने सन्देश पाएका छन् । डा कँडेलले खेतीपाती गर्न छाडेको ३३ वर्षपछि आफैँ सहभागी भएर १० रोपनीको टारीखेतमा धानखोत गरेका हुन् । उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट सन् २०१४ मा ‘शिक्षाको समाजशास्त्र’ विषयमा विद्यावारिधी उपाधि हासिल गरेका थिए ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ का सदस्यका रुपमा काम गरेका डा कँडेलले शिक्षासेवाका साथै कृषिलाई प्राथमिकता दिन खेती गर्न शुरु गरेको र यसबाट आफूलाई मनोवैज्ञानिक शक्ति र सन्तोष मिलेको बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *