नेपालसँगको सीमामा सीमांकन गर्न उत्तराखण्डमा भारतको केन्द्रीय नापी विभाग बोलाइने

डिसी नेपाल
१७ कार्तिक २०७७ १२:३४

काठमाडौं। भारतको उत्तराखण्ड राज्यमा रहेको चम्पावत जिल्ला प्रशासनले नेपालसँग जोडिएको सीमा क्षेत्रमा देखिएका समस्या सुल्झाएर सीमांकन गर्न भन्दै भारतको केन्द्रीय नापी विभाग सर्वे अफ इण्डिया (एसओआइ)लाई बोलाउने तयारी गरेको छ । जिल्लाका अधिकारीहरुले द न्यू इण्डियन एक्सप्रेससँग कुरा गर्दै भारतको नापी विभागले नेपालको नापी विभागसँग सहकार्य गरेर यो समस्या सुल्झाउने तयारी गरिएको बताएका छन् ।

चम्पावत जिल्लाको टनकपुर सब डिभिजनका मजिस्ट्रेट हिमांशु कफ्तालियाले भने ‘नापी विभागलाई सहयोगको लागि आग्रह गर्दै जिल्ला प्रशासनको तर्फबाट पत्र पठाइनेछ ।’ केही समयअघि नेपालीहरुले सीमावर्ती क्षेत्रमा बनाएका २३ काठ र कंक्रिटका संरचनाहरुलाई भारतीय पक्षले ‘नो मेन्स ल्याण्ड’मा बनाइएको दावी गरेको थियो । तर, नेपालले त्यो क्षेत्र नेपालकै भएको प्रस्ट पारेपछि यो विषय विवादित भएको छ । यो क्षेत्र करिब १५० वर्गमिटरको भएको बताइएको छ । यो क्षेत्र नेपालीले आफ्नो भएको बताएका छन् तर भारतीय पक्षले भने यो क्षेत्र नो मेन्स ल्याण्ड भएको दावी गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *