आई पि यु गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन सुरु, नेपालबाट सभामुख सापकोटासहित तीन सांसद सहभागी

डिसी नेपाल
१७ कार्तिक २०७७ १४:१८

काठमाडौं। विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यबस्थापिका संघ (आईपियु) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन सुरु भएको छ। नेपाली समय अनुसार गएराति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ।

जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सील सदस्यकारुपमा सहभागीता जनाएका छन्। यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी छन्।

गभर्निङ काउन्सीलको यो अधिवेशनले आईपियूका नयाँ अध्यक्ष निर्वाचित गर्ने छ। हरेक गभर्निङ काउन्सील सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन्। मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ। अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ।

यो अधिवेशनमा आईपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन्। आईपियू अध्यक्षको कार्यकाल तीन बर्षको हुनेछ।

यसैबीच नेपालबाट अन्तर व्यबस्थापिका संघ (आईपियु) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आई पि यु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *