काठमाडौं महानगरले खुलामञ्चमा निःशुल्क खाना वितरण गर्न दिएन

डिसी नेपाल
१७ कार्तिक २०७७ १६:५८

काठमाडौं। देशमा कोरोना संक्रमणका कारण लकडाउन शुरु भएपछि खाना नपाएर समस्या परेकाहरुलाई सामाजिक अभियन्ताहरुले काठमाडौंको खुलामञ्चमा निःशुल्क रुपमा खुवाउँदै आएको खानामा काठमाडौं महानगरले रोक लगाएको छ।

अभियन्ताले निःशुल्क खाना खुवाउँदा फोहोर भएको भन्दै महानगरले गएको शनिबारदेखि खाना वितरण गर्न नदिएको हो। महानगरले नगर प्रहरी लगाएर खाना वितरण रोकेको छ। महानगरले खुलास्थानमा खाना खुवाएर महानगरको बेइज्जत गरेको भन्दै रोकिएको अभियन्ताहरुले जनाएका छन्। निःशुल्क खाना वितरण गर्दै आएको हन्ड्रेड्स ग्रुपका अन्शु यादवले महानगरपालिकाबाट सोमबार दिउँसो आफूलाई फोन आएको बताए। उनले जिल्ला प्रशासन कार्यालय निर्देशन भन्दै खाना वितरण नगर्न महानगरपालिकाले भनेको बताए।

यो विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई बुझ्ना खोज्दा उनको फोन नै उठेन। उपमेयर हरीप्रभा खड्कीले यो विषयमा आफूलाई केही जानकारी नभएको बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘मलाई यो विषयमा जानकारी छैन। सरकारले महानगरलाई निर्देशन दियो होला, अनि रोकियो होला।’

विभिन्न अभियन्ताहरुले खर्च जुटाएर लामो समयदेखि खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका थिए। लकडाउनका कारण काम गरेर खानेहरु कामबिहीन बनेपछि उनीहरुको दैनिक गुजारा नै चल्न छाडेको बेला अभियन्ताहरुले निःशुल्क खाना वितरण गरेपछि उनीहरुले ज्यान बचाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *