अनलाईन जुवा खेलाएर ५० लाख ठगी आरोपमा दुई जना पक्राउ

डिसी नेपाल
१७ कार्तिक २०७७ १९:०६

काठमाडौं । राजधानी बैध क्यासिनो बन्द भएपनि क्यासिनो जाने लत परेकाहरुले अनलाईन जुवा सञ्चालन गरेको पाइएको छ । कोरोना महामारीका कारण नेपालमा रहेका क्यासिनो बन्द भएपछि त्यसका सञ्चालकहरुले अनलाइन जुवा सञ्चालन गरेका हुन् ।

यस्तै अनलाईन जुवा सञ्चालन गर्ने राजधानीको लैनचोरस्थित मल्ल होटेलमा रहेको श्रीलंकन वेलिजबेट क्यासिनोका नेपाली एजेण्टलाई सोमबार प्रहरीले पक्राउ गरेपछि अनलाईन जुवाको खेलाइरहेको रहस्य खुलेको हो ।

महानगरीय अपराध महाशाखाले वेलिजबेट क्यासिनोका दिपक गुरुङ भनिने डुबलाल घर्तीमगरसहित २ जनालाई पक्राउ गरेको छ । सामाखुशीका आशिष अधिकारीको जाहेरीमा गुरुङ र अर्का सुनिल पुनमगरलाई प्रहरीले ८ लाख नगदसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि अनलाइन जुवा खेलाइ ५० लाख बढी ठगी गरेको आरोप छ । प्यूठान नौवहिनी गाउँपालिका ४ घर भएका घर्तीमगरलाई नागपोखरीबाट ल्यापटप, मोवाइल र भारतीय आधार कार्डहरु तथा सोही ठाउँ घर भएका सुनिल पुनमगरलाई नगद ८ लाख सहित इमाडोलबाट पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा दिपक गुरुङ भनिने डुबलाल घर्तीमगरले भारतको सिक्किम तथा गोवामा रहेका विभिन्न क्यासिनोहरुमा जुवा खेलाउने गरेको स्विकारेका छन् । महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले घतीमगर विरुद्ध मोवाइलमार्फत अनलाइन जुवा खेलाइ सट्टाबाजी गरेको अभियोगमा कारवाही गर्न ६ जनाले उजुरी दिएको बताए ।

उजुरी दिनेमा दिल बहादुर बुढाथोकी ९दमक०, अमृत गुरूङ (पोखरा), मुकुन्द थापा (भक्तपुर), गणेश केसी(पेप्सिकोला), दिपेन्द्र राई (जोरपाटी) र मदन कार्की (काठमाण्डौ) रहेका छन् । यसबाहेक राजधानीमा रहेका अन्य क्यासिनोका केही सञ्चालकहरुले पनि अनलाइन जुवा सञ्चालन गरिरहेका सुचना प्रहरीमा पुगेको छ ।

लकडाउनको बेला विभिन्न प्रलोभन देखाई अनलाइनमा गेम्लिङ र बेटिङ खेलाएर ५० लाख ठगेको आरोप लागेको छ । यी दुवै भारत र श्रीलंकास्थित क्यासिनोका नेपाली एजेन्ट रहेको प्रहरीको दाबी छ । प्रहरीले उनले दीपक गुरूङको नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधार कार्डसमेत बनाएको अनुसन्धानमा देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *