नरभाणेको भ्रमणपछि नेपाल–भारत सचिवस्तरीय बैठक हुन सक्ने भारतको संकेत

डिसी नेपाल
१७ कार्तिक २०७७ २३:१७

काठमाडौं। भारतीय सेनाध्यक्ष एमएम नरभाणेको यही कात्तिक १९ गतेबाट हुने नेपाल भ्रमणपछि लामो समयदेखि रोकिएको नेपाल र भारतबीचको कूटनीति वार्ता शुरु हुने अपेक्षा गरिएको छ। नेपालले नयाँ नक्सा जारी गर्दै भारतले कब्जा गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको बताएपछि भारत र नेपालबीचको सम्बन्धमा गतिरोध आइरहेको छ।

गत वर्ष भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि आफ्नो नक्सामा देखाएपछि नेपालले त्यसको विरोध गर्दै वार्ताको पहल गरेको थियो। तर, भारतले वार्तालाई अस्वीकार गर्दै गत वर्ष चैतमा नेपाली भूमि हुँदै तिब्बतसम्म जाने सडक उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारीमात्र गरेन संविधान नै संशोधन नै गरेर भारतले कब्जा गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समेटेको छ। त्यसपछि भारतले वार्ता वातावरण विथोलिएको भन्दै कूटनीतिक मौनता साँधेको बेला भारतीय सेना प्रमुख नेपाल आउँदै छन्।

सेना प्रमुख नरभाणेले नेपाली सेनाको मानर्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। नरभाणेको नेपाल भ्रमण सकरात्मक भए लामो समयदेखि रोकिएको सतिवस्तरी वार्ता हुने भारतीय उच्च अधिकारीको हवला दिँदै हिन्दुस्तान टाइम्सले जनाएको छ। नेपालले नक्सा जारी गरेपछि नरभाणेले नेपालले चनीको समर्थनमा नक्सा जारी गरेको विवादास्पद बयान दिएका थिए। जसको नेपालमा चर्को आलोचना भएको थियो। त्यसपछि उनले आफ्नो भनाई सच्याएका थिए।

प्रधानमन्त्री केपी ओलीसँग हुने शिष्टाचार भेट र प्रधानसेनापति पूर्णचन्द्र थापासँग शुने द्वीपक्षीय वार्ताको परिणा हेरेर सचिवस्तरीय वार्ताको वातावरण बन्ने भारतीय संस्थापनले जनाउनुले नरभाणेले यो भ्रमणमा सीमा विवादका विषयमा पनि छलफल गर्ने अनुमानलाई बलियो बनाएको छ।

भारतले प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरुमा दुईदेशबीचको सम्बन्धलाई सुधार गर्न महत्वपूर्ण स्टेप चालेकोसमेत बताएको छ। हिन्दुस्तान टाइम्सले नेपालको नयाँ नक्सा समेटिएको पाठ्यपुस्तक वितरणमा रोक लगाएको र रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर रक्षा मन्त्रालय आफैसँग राखेर सम्बन्ध सुधारमा स्टेप चालेको विश्लेषण गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *