नक्क्ली डिएसपी पक्राउ

डिसी नेपाल
१८ कार्तिक २०७७ ०:००

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले फोनमार्फत आफु महानगरीय प्रहरी वृत्त कालीमाटीको डिएसपी भएको जनाउँदै बब्लुसँग भएको झगडाका सम्बन्धमा छलफल गर्न भनी काठमाडौँको बानेश्वर बस्ने चन्दु झालाई कालीमाटी वृत्तमा बोलाएका थिए ।

कालिमाटी आउँदा प्रहरीले नबोलाएको थाहा पाएपछि कारवाहीका लागि चन्दुले निवेदन दिएका थिए । सोही आधारमा खोजी गर्दा उनलाई नियन्त्रणमा लिइएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *