८/८ लाखको घडी र ब्याग लिएर हिँड्छिन् बलिउड अभिनेत्री दीपिका पादुकोण

डिसी नेपाल
७ कार्तिक २०७५ ३:५२

एजेन्सी। बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीच विवाह हुने पक्का भइसकको छ। उनीहरुबीच १५ नोभेम्बरमा विवाह हुने तय भएको छ। भारतीय संचार माध्यमका अनुसार दीपिका–रणवीर इटलीको लेक कोमोमा नभएर मुम्बईमा नै विवाह गर्ने भएका छन्।

त्यसो त दीपिका विसाली जीवन व्यतित गर्न मन पराउँछिन्। दीपिकाको बान्द्रा मुम्बईमा एक फ्लाट छ। जसको मूल्य सात करोड रुपैयाँ हो। यो फ्लाट उनले भाडामा दिएकी छन्। भाडामार्फत प्रत्येक महिला उनले दुई लाख रुपैयाँ लिन्छिन्। त्यसबाहेक प्रभादेवी इलाकामा पनि उनको एउटा फ्याट छ। जसको मूल्य ४० करोड रुपैयाँ भएको बताइएको छ। उनको यो फ्लाट २६ औं तलामा छ।

दीपिका ह्याण्ड ब्यागकालागि पनि क्रेजी छन्। उनीसँग कयौं ब्राण्डेड ह्याण्डस् ब्याग छन्। दीपिकासँग २।५२ लाख पर्ने एक ब्राण्डेड ह्याण्ड ब्याग पनि छ। दीपिकासँग टिसाट क्लासिक प्रिन्स डायमण्ड घडी पनि छ। यसमा १८ क्यारेट रोड गोल्ड डाइमण्ड पनि छ। जसको मूल्य ८ लाख पर्छ।

दीपिकासँग कयौं विलासी कारपनि छन्। उनीसँग मर्सिडीज, आडी ए–८, आडी क्यू–७, बीएमडब्ल्यू–५ र मिनी कपुरलगायत कार छन्।

दीपिकाले आफ्नो ११ वर्षको फिल्मी करियरमा २६ फिल्ममा काम गरेकी छन्। उनले २००७ मा फिल्म ‘ओ शान्ति ओम’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले ‘बचना–ए–हसिनों’, हाउसफुल, ककटेल, रेस–२, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू ईयर, पीकू, तमाशा, बाजीराव मस्तानी जस्ता फिल्ममा काम गरेकी छन्।

अहिले दीपिकासँग कुनै पनि फिल्म छैनन्। यद्यपी उनी शाहरुख खानको नयाँ फिल्म ‘जीरो’ मा उनी क्यामिरोमा देखिने भएकी छन्। दीपिकाको गन्ती बलिउडका हाइएस्ट पेड अभिनेत्रीमा हुन्छ। पद्मावतकालागि उनले ११ करोड रुपैयाँ पारिश्रमकि लिएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *