आगामी नोभेम्बर २५ तारिखका दिन दक्षिण कोरियामा छक्का पन्जा ३ देखाईने

डिसी नेपाल
७ कार्तिक २०७५ ४:१६

दक्षिण कोरिया । दक्षिण कोरियामा सक्रिय संस्थाको रुपमा स्थापित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले नोभेम्बर २५ तारिखका दिन कोरियामा नेपाली चलचित्र छक्का पन्जा ३ देखाउने भएको छ।

संस्थाको गत आइतबार सउलमा बसेको कार्यसमितिको पूर्ण बैठकको निर्णय अनुसार नोभेम्बर २५ तारिखका दिन नेपाली हरुको अत्यन्तै जमघट हुने ठाउँ दोङ्देमुन सहरमा चलचित्र प्रदर्शन गर्ने भएको हो। पछिल्लो साता नेपाली बक्स अफिसमा आक्रामक ब्यापार गर्दै देश तथा विदेशमा पनि अत्यन्तै सुपरहिट छक्कापन्जा ३ ले दर्शकहरुको मन जितिरहेको छ।

कोरियामा बिभिन्न कामको सिलसिलामा बिरामी, आपत् बिपत परेका नेपालीहरुलाइ सहयोग गर्ने उद्देश्यले आपतकालिन राहत कोष स्थापना सहयोगार्थका लागि आयोजना गर्न लागेको कुरा संस्थाका अध्यक्ष नबराज गुरुङले बताए।

प्रवासमा रहेर पनि आफ्नो नेपाली चलचित्र , मौलिक्ता, संस्कार, सस्कृति सरक्षण र सम्बर्दन गर्न तथा कामको तनाबबाट केहि समय बाहिर निस्किएर रमाइलो गर्न, मनोरञ्जन प्रदान गर्ने कार्यक्रमको अर्को उद्देश्य रहेको छ। कोरियावासी सम्पूर्ण नेपाली दिदी बहिनी, दाजु भाईहरुलाइ छक्का पन्जा ३ हेर्न आइदिन हुन गोरखा परिवारले विशेष अनुरोध समेत गरेको छ।

त्यसैगरी गोरखा परिवारले छक्का पन्जा ३ प्यारोडि कन्टेस्ट पनि राख्ने भएको छ। कोरिया भरि बनेको छक्का पन्जा ३ प्यारोडि मध्ये उत्कृष्ट एउटा प्यारोडिलाइ बिशेष पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मानित गरिने छ।

उक्त प्यारोडि २५ तारिखका दिन छक्का पन्जा ३ प्रदर्शन हुने हलमा देखाइने छ। नेपाल गोरखा परिवारले उक्त प्यारोडि कन्टेस्टमा सहभागी हुन सबैलाइ अनुरोध गरिएको छ। सो कार्यक्रम सउल जुङ्गु कुमिन ह्वेग्वान दोङ्देमुन (एनआरएनए कोरियाको निर्बाचन भएको हल) मा दिन को ठिक १ः०० बजे बाट प्रदर्शन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *