भिटेनलाई पक्राउ नगर्न अन्तरिम आदेश

डिसी नेपाल
१८ कार्तिक २०७७ १७:०२

काठमाडौं। गीतमार्फत प्रहरीको बेइज्जत गरेको र अश्लीलता फैलाएको आरोप खेपेका पप गायक भिटेन (समीर घिसिंग)लाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनका प्रवक्ता उप रजिष्टार शम्भुप्रसाद रेग्मीले निवेदको माग अनुसार गीतसंगीतको विषयलाई लिएर धरपकड नगर्न अन्तरिम आदेश भएको जानकारी दिए।

प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि भिटेनले उच्च अदालतमा पक्राउ नगर्न माग गर्दै रिट दायर गरेका थिए। उनको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतका न्यायधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो।

फौजदारी अपराध गरेको पाइएमात्र अनुसन्धान गर्नू गीत संगीको विषयमा पक्राउ नगर्नू भन्ने आदेश दएको हो। उच्च अदालतले १५ दिन भित्र भिटेनलाई पक्राउको प्रक्रिया शुरु गर्नुको कारण दिन पनि आदेश दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *