चार सदस्यीय टोलीको नेतृत्व गर्दै भारतीय सेनाध्यक्ष काठमाडौंमा

डिसी नेपाल
१९ कार्तिक २०७७ १२:२१

काठमाडौं। भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे चार सदस्यीय टोलीको नेतृतव गर्दै काठमाडौं आएका छन्। सेनाध्यक्ष नरवणे बुधबार विहान ११ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। भारतीय वायु सेनाको विशेष बिमानमार्फत काठमाडौं उत्रिएका नरवणे अहिले सोल्टी होटलमा आराम गरिरहेका छन्।

उनी प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले  नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ। रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको  छ। प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् ।

कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पणका साथै जङ्गीअड्डामा सम्मान गारद निरीक्षण गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *