नेपाली चलचित्र क्षेत्रमा व्यापक यौन हिंसा : केकी अधिकारी

डिसी नेपाल
७ कार्तिक २०७५ ७:१८

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकै अर्की नायिका केकी अधिकारीले नेपाली सिने जगतमा यौन हिंसा भएको बताएकी छिन्।

उनले सिने जगतमा मात्रै नभएर हरेक क्षेत्रमा यौन हिंसा भएको उल्लेख गरिन्। आजको खबरसंग कुरा गर्दै उनले भनिन्, ‘सबैभन्दा पहिले त यौन हिंसा कस्तोलाई भन्ने मा नै मानिस दुविधामा छन्।

यौन हिंसा गर्नेलाई पनि थाहा हुँदैन की उ हिंसा गरिरहेको छ।’ पत्रकारले नेपाली चलचित्र क्षेत्रमा यौन हिंसा छ की छैन भन्ने प्रश्नमा उनले भनिन्, ‘किन छैन यौन हिंसा हाम्रो क्षेत्रमा मात्रै नभएर तपाईको क्षेत्रमा पनि छ।

उनले थपिन्, ‘मी–टु’ अभियान यौन हिंसाको विरुद्धमा आवाज उठाउन राम्रो माध्यम बनेको छ । यदि कसैमाथि शारीरिक वा मानसिक कुनै पनि प्रकारका हिंसा भएका छन् भने आवाज उठाउनुस चाहे त्यो १० वर्ष पहिला नै भएको किन नहोस्।’

उनले धेरै मानीसहरुले ‘मी–टु’ अभियान महिलाको मात्रै हो भन्ने बुझेको बताएकी छिन्। तर यो अभियान महिलाको मात्रै नभएर यौन हिंसा विरुद्धको भएकाले यसको यसलाई त्यसरी नबुझ्न आग्रह गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *