पोजिटिभलाई अस्पताल तथा मेडिकल कलेजले परामर्श दिनुपर्ने, प्रहरीले कोभिड अस्पताल बनाउने

डिसी नेपाल
१९ कार्तिक २०७७ १८:४१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ ।

घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुरोध गरे । ‘होम आइसोलेसन’ मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उनले आग्रह गरे । यसैबीच सरकारले नेपाल प्रहरी अस्पतालले तीन सय शय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुईमा शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी(बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ छन् । आज मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *