उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित, कहाँ कति? (तथ्यांकसहित)

डिसी नेपाल
२० कार्तिक २०७७ १६:५२

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४०८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।

यस्तो छ स्वस्थ्य मन्त्रालयको तथ्यांकः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *