शेयर बजार लगातार ओरालो
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन विहिबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ४.४७ अंकले घटेर १६३६.१७ अंकमा झरेको छ ।
यो सातामा मंगलबार बजार सामान्य बढेपनि अरु दिनमा भने घटेको छ । बुधबार नेप्से २.३९ अंकले घटेको थियो ।
विहिबार नेप्से घटेपनि कारोबार रकम बढेको छ । यसदिन २०० कम्पनीका ९१ लाख २३ हजार कित्ता सेयर किनबेचबाट २ अर्व ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार २०२ कम्पनीको १ अर्व ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्से घटेपछि विहिबार अधिकांश समूहगत परिसूचक पनि ओरालो लागेका छन् । यसदिन होटल, विकास बैंक, हाइड्रोपावर र जीवन बीमा समूह बढेपनि बैंकिङ, व्यापार, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमुलक र अन्य समूह भने घटेका छन् ।
Facebook Comment