कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

डिसी नेपाल
२० कार्तिक २०७७ १७:५८

काठमाडौँ । शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २४ गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेले बिहिबार प्रेस बिज्ञप्ति जारी गर्दै कार्यसमितिको बैठक २४ गते सोमबार दिउँसो १ बजे बस्ने जनाएका छन्।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कार्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्र्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’बिज्ञप्तिमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *