नेम्वाङ खुमलटारबाट फर्के लगत्तै प्रचण्ड–नेपाल वार्ता

डिसी नेपाल
२१ कार्तिक २०७७ १२:२२

काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला नेताहरुबीचको छलफलले तिब्रता पाएको छ। नेकपा नेताहरु हालका दिनहरुमा दैनिक छलफल र बैठकहरु गरिरहेका छन्।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा रहेको ओली इतर समूहबीच चर्केको विवादका बीच दुबै समूह आ आफ्नो रणनीति बनाउन आफू निकट नेताहरुसँग छलफलमा व्यस्थत भएका छन्।

शुक्रबार बिहानै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच खुमलटारमा एक घण्टा छलफल भएको छ। प्रचण्डले नेकपा मुख्यालय धुम्बाराहीमा आफू निकट सचिवालय सदस्यहरुको अनौपचारिक भेला बोलाएको बेला ओली इतर समूहका दुई नेताहरुबीच खुमलटारमा भेट भएको हो।

प्रचण्डले शुक्रबार नै धुम्बाराहीमा आफू निकट नेताहरुसँग छलफल गर्दै छन्। सो छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रचण्ड र नेता नेपालबीच छलफल भएको खुमलटार स्रोतले बतायो। यसअघि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग वार्ता गरेका थिए।

तर, सो वार्ता पनि सकरात्मक नभएको सार्वजिन भएको छ। सो वार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफ्नो निवासमा गुट भेला गरेको भन्दै असन्तुष्टि पाखेपछि प्रचण्डले शुक्रबार पार्टी कार्यालयमै भेला बोलाएका हुन्।

यसअघि शुक्रबार बिहानै नेकपा संसदयि दलका उप नेता सुवास नेम्वाङ खुमलटार पुगेका थिए। ओली निकट मानिने नेम्वाङसँग प्रचण्डले धुम्बाराहीमा सचिवालय सदस्यहरुको भेला भएपछि बालुवाटार पुग्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *