प्रचण्ड समूहले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई सामुहिक रुपमा भेटेर बैठक बोलाउन माग गर्ने

डिसी नेपाल
२१ कार्तिक २०७७ १६:५२

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले लगातार नेकपा सचिवालयको बैठक राख्न अस्वीकार गरिरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट पाँचजना सचिवालय सदस्यहरुले उनलाई सामुहिक रुपमा भेटेर सचिवालय बैठक छिटो बेलाउन दबाब दिने भएका छन्।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई सामुहिक रुपमा भेट्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, ‘कार्यकारी अध्यक्षले एकल रुपमा पार्टीका सचिवालय बैठक बोलाउन सक्ने भए पनि पार्टीमा देखिएको वर्तमान संकटको अवस्थालाई मध्यनजर गरी यसलाई अनौपचारिक बैठक भनिएको हो। बैठकमा उपस्थित हामी सबै पाँचै जनाले प्रधानमन्त्री तथा अध्यक्ष कमरेडलाई भोली सामुहिक रुपमा भेटेर बैठक बोलाउनका लागि माग गर्ने निर्णय गरेका छौं।’

उनले शुक्रबारको धुम्बाराही बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सहमतिमै भएकोसमेत बताए। उनले केही सदस्यहरु व्यस्थताले बैठकमा उपस्थित हुन नसकेकोसमेत बताए। बैठकमा ९ जना मध्ये पाँचजनामात्र उपस्थित भएका थिए। प्रधानमन्त्री ओली, महासचिब विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल बैठकमा गएनन्।

बैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उस्थित थिए।
प्रवक्ता श्रेष्ठले बिहीबार नै प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको भेटमा नै शुक्रबारको धुम्बाराही बैठकमा प्रधानमन्त्रीले आउन नसक्ने जानकारी गराएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *