नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा मैनाली
काठमाडौं। नेपाल स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिलेको अध्यक्षमा सन्तोष मैनाली चुनिएका छन्। मैनालीले एसोसिएसनको २६औं वार्षिक साधारणसभाले अध्यक्षमा चुनेको हो।
मैनालीको अध्यक्ष रहेको नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन्। संघले यसपाली अध्यक्ष निर्बिरोध चयन गरेको छ। सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका छन्।
मैनाली सेक्योक्योर्ड सेक्युरिटका संचालक हुन्। कार्यसमितिमा अध्यक्ष सहित ६ जना नयाँ छन् भने चार जना कार्यसमितिमा रहिसकेका व्यक्ति हुन्।
एशोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको कार्यकाल असोज १२ गते सकिएको थियो। निर्वाचित नयाँ टिमले शुक्रबारदेखि नै कार्यभार सम्हालिसकेको छ।
Facebook Comment