विश्वमा कोरोना : संक्रमितको संख्या ५ करोड नाघ्यो, अमेरिकामा १ कराेड बढी

डिसी नेपाल
२३ कार्तिक २०७७ ७:००

काठमाडौं। विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ। हालसम्मको तथ्यांक अनुसार ५ करोड २ लाख ४१ हजार ८ सय ७९ जना कोरोना संक्रमणको चपेटामा परेका छन्। तथ्यांक अनुसार गत २४ घण्टामा मात्र ५ लाख ९२ हजार ५ सयबढी संक्रमितहरु थपिएका थिए।

कोरोनाबाट हालसम्म नै सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ। अमेरिकामा मात्र कोरोना संक्रमित हुनेको सख्या १ करोड नाघेको छ। अमेरिकामा हालसम्म १ करोड १ लाख ७७ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै अमेरिकामा गत २४ घण्टामा मात्र १ लाख १९ हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। २ लाख ४३ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएको अमेरिकामा गत २४ घण्टामा मात्र १ हजार बढीको मृत्यु भएको छ।

तथ्यांक अनुसार पछिल्लो समय कुनैबेला कोरानो मुक्त भएको फ्रान्समा दैनिक कोरोनाका संक्रमितहरु थपिने दर बढेको छ। फ्रान्समा गत २४ घण्टामा मात्र ८६ हजार ८ सय ५२ कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँग फ्रान्समा संक्रमित हुनेको संख्या १७ लाख ४८ हजार ७ सय बढिरहेको छ। फ्रान्समा कोरोनाका कारण ४० हजार बढीले ज्यान गुमाएका छन्। १५ लाख ८० हजार बढी सक्रिय संक्रमितको संख्या रहेको फ्रान्समा गत २४ घण्टामा कोरोनाका कारण ३ सय जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख गरिएको छ।

भारतमा पनि निरन्तर आधालाखको दरले कोरोनाका संक्रमितहरु थपिइरहेका छन्। हालसम्म भारतमा ८५ लाख ७ हजार २ सय ३ जना कोरोनाका संक्रमितहरु रहेका छन्। भारतमा १ लाख २६ हजार १ सय ६२ बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन्। भारतमा अरुभन्दा धेरै कोरोनाका संक्रमितहर संक्रमण मुक्त समेत भएका छन्। ८५ लाख बढीको संख्यामा संक्रमितको संख्या रहे पनि सक्रिय संक्रमितको संख्या ५लाख १३ हजार मात्र छ। भारतमा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ७८ लाख ६७ हजार २ सय बढिरहेको छ।

गत २४ घण्टामा विश्वभरका थप ५ देशमा २० हजार भन्दा माथि कोरोनाका संक्रमितहरु रहेका छन्। इटालीमा ३९ हजार ८ सय, पोल्याण्डमा २७ हजार ८ सय, यूकेमा २४ हजार ९ सय, ब्राजिलमा २१ हजार र रसियामा २० हजार ३ सय बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्। यस्तैगरी, जर्मनीमा १७ हजार, यूक्रेनमा १० हजार, रोमानीया र इरानमा ९ हजार, कोलोम्बिया, बेल्जीयम, अष्ट्रिया र अर्जेन्टिनमा ९ हजार बढीका दरले कोरोनाका संक्रमितहरु थपिएको तथ्यांकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *