जीप दुर्घटना १ जनाको मृत्यु

डिसी नेपाल
२३ कार्तिक २०७७ ९:०१

बैतडी ।जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *