सिटी एक्सप्रेस मनी ट्रान्सफर र वाइरेस रेमिटान्सबिच रेमिटान्स कारोबार सुरु
काठमाडौँ । हङकङको ख्यातिप्राप्त वाइरेस रेमिटान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।
हङकङमा रहेका नेपालीहरुले वाइरेस रेमिटान्स को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नोआफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्।
नेपालमा सिटी एक्सप्रेससंग आबद्ध दश हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने छ ।
नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वाइरेस रेमिटान्सको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन्।
यही नोभेम्बर ३० तारिक सम्म वाइरेस रेमिटान्सबाट सिटी एक्सप्रेस मार्फत गरिनेबैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका दश हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
Facebook Comment