प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई अर्काे पदः अंग प्रत्यारोपण समितिको अध्यक्षमा नियुक्त
काठमाडौं। सरकारले अंग प्रत्यारोपण समन्वय समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समितिमा अध्यक्ष र तीन सदस्यहरु नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए।
उनका अनुसार समितिको अध्यक्षमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन प्राडा दिव्या सिंह शाहलाई नियुक्त गरिएको छ। शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत हुन्।
यस्तै समितिको सदस्यहरुमा गल्मीका प्राडा प्रेम ज्ञवाली, प्राडा पलेस्वाँ जोशी लाखे र सोलुखुम्बुका प्राडा शंकरमान राईलाई नियुक्त गरिएको छ। यी पदाधिकारीको
पदावधी २ वर्ष तोकेर नियुक्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सो समितिका पदाधिकारी नियुक्त गरिएको हो।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण निजी चिकित्सक शाह र प्राडा प्रेम ज्ञावालीलगायतको टोलीले गरेको थियो।
Facebook Comment