ओमन छाड्न चाहने प्रवासी कामदारले कुनै जरिवाना र शुल्क तिर्नु नपर्ने

डिसी नेपाल
२५ कार्तिक २०७७ १६:२५

काठमाडौं। ओमन छाड्न चाहने प्रवासी कामदारले कुनै पनि किसिमको जरिवाना वा शुल्क तिर्नु नपर्ने भएको छ । ओमन सरकारको श्रम मन्त्रालयले विदेशी कामदारले ओमन छाड्न चाहेको अवस्थामा विदेशीलाई काममा लगाउने ओमनका रोजगारदाता तथा प्रवासी कामदारले ओमनमा गैर ओमनी कामदारलाई काममा लगाउन अनुमति दिएवापत लाग्ने सबै किसिमका शुल्क र जरिवानाबाट छुट पाउने घोषणा गरेको छ ।

मन्त्रालयले अनलाइन जारी गरेको एक वक्तव्यमा ओमन छाड्न चाहने विदेशी जनशक्तिलाई देश छाड्न दिइने र कामदार तथा रोजगारदाताले तिर्नुपर्ने सबै किसिमका शुल्क र जरिवानाबाट छुट पाउने जनाएको छ । ओमनमा भिसा सकिएका, आवासीय अनुमति पत्रको म्याद गुज्रिएकाहरुले पनि यो सुविधा पाउनेछन् । यो सुविधा लिएर विदेशी कामदारले १५ नोभेम्बरदेखि डिसेम्बरको अन्त्यसम्ममा ओमन छाड्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *