विश्व राजनीतिमा अबको बहस : ट्रम्पको ट्रक चढ्ने कि बाइडेनको बस ?

डिसी नेपाल
२६ कार्तिक २०७७ ८:३८

अहिले कोरोना महाव्याधिको प्रकोपले एकातिर विश्व बजार आर्थिक मन्दीतर्फ उन्मुख हुँदै गर्दा धेरै देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोच राख्ने उग्र राष्ट्रवादी नेताहरू सत्तासीन रहेको अवस्थामा वृहत् अन्तर्देशीय सहकार्य संकटमा छ।

तर यो २१ औँ शताब्दीमा विश्वमा द्वितीय विश्वयुद्धताकाको जस्तो उग्र राष्ट्रवादी लहर कहाँबाट आयो? अमेरिकी राष्ट्रपति ट्रम्पको उल्लेखबिना यो प्रसङ्ग अपूर्ण हुन्छ।

२०१६ को चुनावमा ‘अमेरिकालाई फेरि महान बनाऔँ’ भन्ने राष्ट्रवादीजस्तो सुनिने नाराका साथ आप्रवासीविरोधी बिम्बात्मक मेक्सिको सिमानामा पर्खाल बनाउनेजस्ता चुनावी मुद्दा बनाएका ट्रम्पलाई थाहा थियो कि चर्को राष्ट्रवाद चुनाव जित्ने प्रभावकारी अस्त्र हो।

यस्तै भारतमा मोदीले चुनाव पूर्व पाकिस्तानको जंगलमा बम बारी गरी दक्षिणपन्थी रूढिवादी भारतीय जनता पार्टीलाई जिताए। दुवै नेताले मजदुर र वञ्चित वर्गलाई उनीहरूको पुरानो वामपन्थी समाजवादी आस्थाबाट बाहिर निकाल्न सफल भए। यस्तै कहिले जनताको जनवादी नारा लगाई, कहिले भारतविरोधी राष्ट्रवादी छवि बनाइ ओली सत्तासीन भए।

यी दक्षिणवामपन्थी नेताहरूमा केही समानता छन्।
१- अल्प संख्यकलाई सीमान्तकृत गर्ने, व्यक्तिवाद हाबी, असफल विदेश नीति :

ट्रम्पले आन्तरिक विभाजन ल्याई रंगभेदी उक्सावटले गोराहरूलाई मात्रै उचाल्ने, आप्रवासीलाई कडा नियम बनाउँदै देश निकाला गर्ने, नागरिक बन्नबाट वञ्चित गरे।

जहानियाँ शासनहरूको अन्त्य त भयो तर तिनकै सन्ततिको सेना, प्रहरी र व्यापारदेखि दलालीसम्म हालीमुहाली छ। हिजो प्रजातान्त्रिक पद्धतिबाट समृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज गाडीमा अनि बाँचेका बन्दुक भिर्ने खाडीमा भासिएका छन्।

नेटोजस्ता सहयोगीलाई असहयोग गर्नुका साथै, छिमेकी राष्ट्र र विपन्न राष्ट्रका नगरिकलाई अवहेलना गर्दै अमेरिका प्रवेशमा नै अवरोध पैदा गरे। मोदीले पनि मुस्लिम र आदिवासी अल्पसंख्यक समुदायलाई सीमान्तकृत गर्ने राष्ट्रिय नागरिक पंजीजस्ता कार्यक्रम अघि सारे, हिन्दुहरूलाई मुस्लिमविरुद्ध भड्काए।

मोदी कालमा पाकिस्तान र चीनसँग सम्बन्ध झनै बिग्रियो। यो राष्ट्रवादको खोक्रो ढोँगको परिणामस्वरूप यो महाव्याधिको माझ आन्तरिक कलह बढ्यो, अन्तर्देशीय सहकार्यका प्रयास असफल रहे।

यस्तै कहिले जनवादी नारा लगाई त कहिले भारतविरोधी राष्ट्रवादी छवि बनाइ सत्तासीन भएका ओली आज भारतमा धर्मको राजनीति बिकेको देखी बहु संख्यक हिन्दु भएको देश नेपालमा असफल कम्युनिस्टको रातो रङ्गमा राम जन्मको गेरु रंगले पोत्ने प्रयास गर्दैछन्।

उनी आधारहीनरूपमा राम जन्मभूमिजस्ता बेमौसमी बाजा बजाएपछि त्यसैलाई प्रमाणित गर्न लागिपरेका छन्। कुटनैतिक संवादबाट समाधानभन्दा पनि आलोचनामात्रै गरी पहिले भारतसँगको सम्बन्ध गिजोलेपछि आफूलाई हटाउने षड्यन्त्र रचेको आरोप लगाउँदै गर्दा विदेशी गुप्तचर प्रमुखलाई भने रातारात कूटनैतिक मर्यादसमेत ख्याल नगरी सोझै बालुवाटार प्रवेश दिए।

२- विज्ञान नमान्ने रूढिवादी प्रवृत्ति :
ट्रम्प विज्ञानलाई नमान्ने रूढिवादी हुन् जसले वातावरणीय परिवर्तनलाई विश्वास गरेनन् र पेरिस जलवायु सम्झौताबाट अमेरिकाको आबद्धता हटाउने घोषणा गरे। ट्रम्पले कोभिड–१९ लाई पत्याउँदै पत्याएनन्। उनले कोरोना ठूलो महामारी हो, यसबाट जोगिन मास्क लगाउनु र सामाजिक दूरी कायम गर्नु भनेर जनतालाई आह्वान गरेनन्।

निराधार नै हाइड्रोक्सी क्लोरोकुइनलाई औषधि हो भनी दाबी गरिरहे।  नेपालमा पनि वैज्ञानिक विधिको समेत खिल्ली उडाएर राष्ट्र प्रमुखले नै कहिले कोरोना भाइरस लाई निर्जीव भन्छन् त कहिले ठोस आधारबिना बेसार पानीले ठीक गर्छ भन्छन्।

३- प्रजातन्त्रका लागि खतरा :

ट्रम्पले सरकार प्रमुखका रूपमा ज्यादा अधिकारको प्रयोग गर्न खोजे र अमेरिकाको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलनमा खलल ल्याउने प्रयास गरे। मोदीले संविधानविपरीत कश्मीरको र अन्य अल्पसंख्यकको स्वतन्त्रता खोसे। सबै अदालती फैसला उनकै पक्षमा लिन उक्साए।

यस्तै नेपालमा पनि रातारात अध्यादेश ल्याउने, अख्क्तियारको छानबिनमै अवरोध पु¥याई भ्रष्टाचारीको बचाउ र आसेपासेको पोषणजस्ता कामका साथसाथै प्रदेशलाई कमजोर नै राखी आफ्नै हातमा असीमित शक्ति सञ्चित गर्न ओली सधैँ प्रयासरत देखिन्छन्। यी सबै लोकतन्त्र विरोधी तानासाही प्रवृत्ति हुन्।

विकृत राजनीति विरुद्धको असन्तुष्टि सामाजिक सञ्जालमा सेयर गरेर वा कुनै नेतालाई जुत्ताको झापड हानेरमात्रै अवस्था र व्यवस्था बदलिनेवाला छैन। आउनुहोस्, लोकतन्त्रलाई संस्थागत गर्दै यो आक्रोश मतपत्रमा उतारौँ, अमेरिकामा ट्रम्पको शासन ढलेजस्तै नेपालमा पनि पाखण्डीहरुको शासनबाट मुक्तिको बाटो यही हो।

लोकतन्त्रको विशेषता भनेकै जनमतको कदर हो। जनताले नेता छान्ने, नेताले जनहितमा काम गर्ने। अपेक्षित काम नगरे वा सुशासन र समृद्धितर्फ देशलाई लैजान नसके वा भ्रष्टाचार, नातावाद, कृपावाद र दलाल पुँजीवादीलाई आश्रय दिइरहे अर्को आवधिक निर्वाचनमा जनताले सक्षम वैकल्पिक नेता चुन्ने।

यो लोकतन्त्रको सुन्दररूप अमेरिकाको यो निर्वाचनले देखायो। जनताले एक्लै हिँड्ने ट्रम्पको ट्रक छोडी सबै मिली जाऊँ भन्ने बाइडेनको बस रोजे । तर नेपालमा न सुशासन, समृद्धितर्फ देश बढ्यो न त जनहितमा काम भयो। विगत ३० वर्षमा विभिन्न वाद, पार्टी र नारा लिएर विभिन्न मुकुन्डो लगाई उनै अनुहार राजनीति र देश दोहनमा सक्रिय छन्। एकचोटि सत्तामा पुगेका परिवारका सदस्य प्रायः अरबपति छन् आज।

जहानियाँ शासनहरूको अन्त्य त भयो तर तिनकै सन्ततिको सेना, प्रहरी र व्यापारदेखि दलालीसम्म हालीमुहाली छ। हिजो प्रजातान्त्रिक पद्धतिबाट समृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज गाडीमा अनि बाँचेका बन्दुक भिर्ने खाडीमा भासिएका छन्।

जत्ति धारिलो हिजो तरबार, उत्ति ठुलो आज घरबार
अब त सत्ता नि उनकै, कसले गर्ने प्रतिकार?
अख्तिया देखि बालुवाटार हुँदै सिंहदरबार
घरदैलोमा गा’छ भन्छन् आजकल भ्रष्टाचार
शिक्षा, स्वास्थ्य, पूर्वाधार बन्यो माफिया बजार।

बारम्बार यिनै पात्र कसरी सत्तामा पुग्छन्? किनकि हामीले प्रश्न गरेनौँ। घरदैलोमा आउने हरेक नेतालाई सोधौँ कि कुनै वैध आम्दानीको स्रोत नभएर केही वर्षमै काठमाडौँमा महल कसरी बने? वादका भ-याङ चढेर सत्तासीन भएका र आफैँलाई समाजवाद उन्मुख कम्युनिस्ट भन्नेहरूको मजबुत सरकार पनि दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डा हत्याराहरूको संरक्षक किन बनेको छ?

नेताहरूलाई आफू र आफ्नो उपचार गर्न हेलिकप्टरमा काठमाडौँ जाँदा जनता सिटामोल नपाई मर्ने अवस्थामा भएको स्मरण हुन्छ कि हुँदैन? विकृत राजनीति विरुद्धको असन्तुष्टि सामाजिक सञ्जालमा सेयर गरेर वा कुनै नेतालाई जुत्ताको झापड हानेरमात्रै अवस्था र व्यवस्था बदलिनेवाला छैन।

आउनुहोस्, लोकतन्त्रलाई संस्थागत गर्दै यो आक्रोश मतपत्रमा उतारौँ, अमेरिकामा ट्रम्पको शासन ढलेजस्तै नेपालमा पनि पाखण्डीहरुको शासनबाट मुक्तिको बाटो यही हो ।

किन सराप्छौ अब कल्लाई गर्छौ धिक्कार ?
हिजोका तिम्रै भोटले आज बन्यो सरकार ।।

यी सबबाट आजित भएको जनमत उक्साईबाट फेरि राजतन्त्र फर्काऔँ भन्ने तत्व पनि सक्रिय भएको छ आज। स्मरण रहोस् लोकतन्त्रको विकल्प राजतन्त्र हैन लोकतन्त्रको विकल्प अझैँ मजबुत लोकतन्त्र हो!

आउनुहोस् हामी सबै नेपाली एकजुट बनौँ। आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाइराख्न खोक्रो राष्ट्रवादी भेडाको छालाभित्र लुकेका उग्र वामपन्थी र उग्र दक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौँ। अब लोकतन्त्र संस्थागत गरी देशलाई प्रजातान्त्रिक समाजवादको परिष्कृतरूप कल्याणकारी लोकतन्त्रतर्फ उन्मुख गराउन अर्को वैचारिक क्रान्ति हुन जरुरी छ।

अब हाम्रा छोडी राम्राको चयन नगरी परिवर्तन हाम्रै जीवनकालमा सम्भव छैन। अलोकप्रिय राणा र राजा उखेलेर फालेर लोकतन्त्र ल्याएका जनताले अब यो भ्रष्टाचार, विरासत, र विसंगतिको राजनीतिलाई उखेलेर फाल्ने क्रान्ति बुलेट होइन, ब्यालेटमा हुन जरुरी छ। जसरी २०२० को निर्वाचनमा अमेरिकामा भयो!

लोकतन्त्र फलोस फुलोस्, नेपालको जय होस्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *