प्रधानमन्त्री ओलीको त्यो ‘चाल’ जसले पार्टी विवाद उत्कर्षमा पुग्यो

डिसी नेपाल
२६ कार्तिक २०७७ १०:५०

काठमाडौं। ‘अहिले पार्टीभित्र देखिएको विवादले पार्टी फुट्दैन, पार्टी विभाजन हुन दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनुपर्छ,’ नेकपाका एक प्रभावशाली नेताको अभिव्यक्ति हो यो।

त्यसो भए पार्टी भित्र देखिएको विवाद  कसरी  सुरू भयाे त?

त्यसका लागि विवादको सुरुवाततर्फ जानुपर्ने हुन्छ।  असार दश गते सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको थियो।

पछि विवाद समाधान गर्न भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदल गठनसँग पार्टीभित्रको विवाद तत्कालका लागि साम्य भएको थियो। विवाद दीर्घकालीन रुपमा समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने गरी भदौ २४ गते स्थायी कमिटी बैठक सकिएको थियो।

तर कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन प्रधानमन्त्री ओलीले गर्न नचाहेको भन्दै नेकपाभित्रको विवाद फेरि सुरु भएको छ। तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाको राजीनामा, तत्कालीन समाजवादी पार्टी सरकारबाट बारिएपछि रिक्त भएको मन्त्रालय र युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त मन्त्रालयमा मन्त्री नियुक्ती गर्दा प्रधानमन्त्री ओलीले एक लौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले विरोध जनाउँदै आएका छन्।

स्रोतका अनुसार रिक्त ती मन्त्रालयमा ओली–प्रचण्ड र माधव नेपालका एक एक जनालाई मन्त्री बनाउनु पर्ने अडान प्रचण्डले राखेका थिए। तर प्रचण्डको उक्त प्रस्ताव बेवास्ता गर्दै प्रधानमन्त्री ओलीले तीनै जना आफू निकटलाई मन्त्री नियुक्त गरे।

प्रचण्ड अब जसरी भएपनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा छन्। त्यसको लागि उनलाई वरिष्ठ नेता माधव नेपालले साथ दिएको बताइएको छ। उता उपाध्यक्ष बामदेव गौतम पनि आफूलाई प्रधानमन्त्री ओलीले धोका मात्रै दिएको भन्दै अब ओलीलाई साथ दिन नसक्ने अवस्थामा पुगेका  छन्। गौतम मन्त्री बन्न पाउने/नपाउने सम्बन्धि  संवैधानिक इजलासमा जारी वहशलाई ओलीले नै अड्काएको गौतमले बुझाइ रहेको  छ।

त्यसपछि ओलीले प्रचण्ड निकट मानिने टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल र प्रभु साहलाई मन्त्री बनाउने तयारी गरेपछि प्रचण्डले ओलीले आफ्नो गुटमा आक्रमण गर्न खोजेको रुपमा लिए। प्रचण्डले अहिले मन्त्री बनाउने, भोलि महाधिवेशनमा जाँदा पनि आफ्ना गुटमा नेतालाई प्रलोभनमा परेर आफूलाई अल्पमतमा पार्ने र नेतृत्वबाटै किनारामा पार्ने षड्यन्त्र हुने भन्दै ओलीसँग क्रुद्ध बनेका छन्।

प्रधानमन्त्री ओलीले तिहारपछि हुने मन्त्रिपरिषद पनुर्गठनमा टोबहादुर रायमाझी, देवेन्द्र पौडेल र प्रभु साहलाई मन्त्री बनाउने जानकारी प्रचण्डलाई गराएका थिए। तर प्रचण्डले आफ्नो पक्षबाट मन्त्रीको सिफारिस आफूले गर्न पाउनुपर्ने बताएका थिए।

ओलीले आफ्नो गुटमा आक्रमण गरेको र आफूलाई कमजोर बनाउन खोजेको निष्कर्ष निकालेका प्रचण्ड ओलीलाई किन त्यसै छोड्ने भन्ने निष्कर्षमा पुगेका छन्।

स्रोेतका अनुसार सचिवालयमा अल्पमतमा परेका ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफू बहुमतमा पुग्न पूर्व माओवादीका नेतालाई लाभको पद दिइ आफ्नो पक्षमा ल्याउने कसरत गर्न थालेका छन्।

पूर्व माओवादीका स्थायी कमिटी सदस्यहरुसँग संसदीय दलका उपनेता सुवास नेम्वाङले छलफल गर्ने गरेका छन्। आफ्नो तर्फबाट हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल र प्रभु साह मन्त्री बन्ने तयारीमा रहेको थाहा पाएपछि उनीहरुलाई प्रचण्डले बोलाएर उनीहरुलाई आफैंले मन्त्री बनाउने बताएपछि उनीहरु ब्याक भएको स्रोतको दाबी छ।

पछिल्लो विवादको निहु यो भएपनि अहिले पार्टी भित्रको विवाद फैलिँदै गएको छ। पूर्व माओवादी खेमाका केही नेतालाई ओलीले मन्त्री बनाउने तयारी गरेको भन्नेबाट सुरु भएको विवादको निहु अहिले प्रधानमन्त्री ओलीलाई हटाउने तहसम्म पुगेको छ।

स्रोतका अनुसार प्रचण्ड अब जसरी भएपनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा छन्। त्यसको लागि उनलाई वरिष्ठ नेता माधव नेपालले साथ दिएको बताइएको छ।

उता उपाध्यक्ष बामदेव गौतम पनि आफूलाई प्रधानमन्त्री ओलीले धोका मात्रै दिएको भन्दै अब ओलीलाई साथ दिन नसक्ने अवस्थामा पुगेको बताउन थालेका छन्। गौतम मन्त्री बन्न पाउने/नपाउने सम्बन्धि विवाद अदालतमा पुगेको छ। संवैधानिक इजलासमा जारी वहशलाई ओलीले नै अड्काएको गौतमले बुझाइ रहेको उनी निकट स्रोतले जनाएको छ।

उता ओली आफू पार्टीको प्रमथ अध्यक्ष र प्रधानमन्त्री पनि भएका कारण कसैले हटाउन नसक्ने भन्दै कसैको दबावमा काम नगर्ने आफू निकटसँग बताउने गरेका छन्।

विवाद बढ्दै जाँदा प्रचण्ड–नेपाल समूहले ओलीलाई सचिवालय बैठक बोलाउन दबाव दिएपनि त्यसलाई ओलीले अस्वीकार गर्दै आएका छन्। दुई अध्यक्षबीच विवाद बढ्दै जाँदा पार्टी विभानको संघारमा पुगको चिन्ता गर्ने दोस्रो पुस्ताका नेताहरुले भने भदौ २४ मा सम्पन्न स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन गरे अहिले पार्टी भित्र देखिएको विवाद समाधान हुने बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *