सरकारले कोरोनाको निशुल्क उपचार गर्ने, बीमा गरेकाको बीमा रकमबाट भुक्तानी गर्नुपर्ने

काठमाडौँ । सरकारले सूचीकृत सरकारी अस्पताल र प्रयोगशालामा कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सरकारले कोरोनाका लक्षण वा चिन्ह देखिएकाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क गर्नेभएको हो।
नेपाल सरकारले परीक्षण र उपचारका विषयमा गरेको निर्णय संशोधन गर्दै कोरोना परीक्षण र उपचार पुनः निशूल्क गर्ने निर्णय भएको डा गौतमले जानकारी दिए ।
तर कोरोना बीमा गरेका व्यक्तिहरुले भने सबै परीक्षण र उपचार खर्च व्यक्तिको बीमा रकमबाट भुक्तानी गरिनुपर्ने भएको छ।
डा गौतमले सक्षम र इच्छुक व्यक्तिले परीक्षण र उपचारमा शुल्क तिरेर योगदान गर्न सक्ने पनि जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment