कांग्रेस बैठक कात्तिक २८ गते

डिसी नेपाल
२६ कार्तिक २०७७ १९:०८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिकाअन्तर्गतका केही काम प्रभावित भइसकेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *