वैज्ञानिकले बनाए कोरोनाभाइरसलाई ३० सेकेण्डमा मार्न सक्ने ‘प्लाज्मा जेट’
काठमाडौं। वैज्ञानिकहरुले कोरोनाभाइरसलाई ३० सेकेण्डभित्र मार्न सक्ने उपकरण ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएका छन् । यो उपकरणको विषयमा गरिएको शोधमा यसले कोरोनाभाइरसलाई ३० सेकेण्डभन्दा कम समयमा मार्न सक्ने पत्ता लागेको छ । शोधकर्ताहरुले थ्रिडी प्रिन्टरबाट प्रेशर प्लाज्मा जेटको स्प्रे बनाएका छन् जसको प्रयोग सफल भएको डेलीमेलमा प्रकाशित रिपोर्टमा जनाइएको छ ।
यो शोधपछि प्लाज्मा जेटले कोरोनाभाइरसविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निभाउन सक्ने आशा जागेको छ । अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले गरेको शोधमा यो प्लाज्मा जेटले धातु, छाला र प्लास्टिकको सतहमा रहेका कोरोनाभाइरसलाई ३० सेकेण्डमा मार्न सक्ने पत्ता लागेको छ । यो शोधलाई कोरोनाभाइरसविरुद्धको जारी लडाइँमा महत्वपूर्ण सफलता मानिएको छ ।
यो स्प्रेको मुखमा लगाउने मास्कमा पनि प्रयोग गरेर हेरिएको थियो जसमा यसले मास्कमा पनि समान रुपले भाइरस मार्न सक्ने पाइएको छ । ‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित यो शोधपत्रमा प्लाज्मा जेटलाई कोरोनाभाइरसविरुद्धका ४ आधारभूत कुराहरुमध्ये एक मानिएको छ । स्थिर ग्यासलाई तताएर वा इलेक्टेम्याग्नेटिक फिल्डको सम्पर्कमा ल्याएर यसलाई बनाउन सकिन्छ ।
Facebook Comment