थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ संक्रमणमुक्त, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

डिसी नेपाल
२८ कार्तिक २०७७ १६:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३५ सय ३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २०२ पुगेको छ। यस्तै हालसम्म ९८६ जना क्वारेन्टिनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *