अस्पताल भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन

डिसी नेपाल
२८ कार्तिक २०७७ १९:४५

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।सरकारले आगामी मङ्सिर १५ गते ३९६ स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पतलाको भवन शिलान्यास गर्ने निर्णय गरेको थियो । यसको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एकैसाथ सोही दिन स्थानीय तहका अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ । सात सय ५३ स्थानीय तहमध्ये ६४९ तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा सरकारले अस्पताल बनाउन थालेको हो ।

“मन्त्रालयले जग्गा प्राप्ति नगरेका स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरी अविलम्ब जग्गा प्राप्ति गरी सो प्रयोजनका लागि भवन निर्माण गर्न प्रारम्भ गर्ने प्रक्रिया थालनी गर्ने र जग्गा प्राप्त भइसकेका हकमा एकैसाथ अगामी मङ्सिर १५ गते अस्पताल भवन शिलन्यास गर्ने प्रवन्ध मिलाउने अनुरोध गरिएको छ ” प्रवक्ता अधिकारीद्वारा जारी पत्रमा उल्लेख भनिएको छ ।

अर्थ मन्त्रालयले पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन बजेट विनियोजन गरिसकेको छ । यसैगरी मन्त्रालयले पाँच श्ययाको अस्पतालका लागि ७० लाख, १० श्ययाको लागि ८५ लाख र १५ श्ययाको लागि एक करोड पठाइसकेको छ ।

कोरोना भाइरस (कोभिड १९)को रोकथाम र नियन्त्रण तथा स्थानीय तहका स्वास्थ्य संस्था स्तरोन्नतीका लागि सरकारले पाँच श्ययादेखि १५ श्ययासम्म अस्पताल बनाउन थालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *