त्यो सिर्जनशील सर्जक (कविता)
सृजनासिल्पी र सर्जक एउटा हो
ऐना हो समाज र जगतको अनि आँखा हो जीवन जगतको
जसले सृजना गर्छ, समाजको लागि
संचेतना र भावनाको उद्गमतालाई समात्छ
र समयको वेगमा आफूलाई उरेलीदिन्छ,
अनि वेग मार्छ तरङ्गीत तरेलीहरूमा।
भावावेशमा सर्जकलाई थाहा हुँदैन गन्तव्यको
अनन्त यात्रामा निस्कन्छ र बहकिन्छ संसारमा
उड्छ आकाशमा र धरातललाई साक्षीभावले हेर्छ,
जुन यथार्थ देख्छ, त्यही यथार्थ लेख्छ।
ऊ हुन्छ पनि र बिलाउँछ पनि
ऊ रून्छ पनि अनि फुलिन्छ पनि
अनुभव र अनुभूतिको महासंयोगमा विचरण गर्दै
ऊ हाँस्छ पनि अनि हँसाउछ पनि।
सर्जकको ध्येय पनि अध्याय पनि सृजना हो,
उस्ले पोख्ने र उठाउने भनेको समाजको प्रक्षाया हो,
प्रक्षायामा बोकेको जीवन्त यथार्थलाई खोल्ने क्रममा
सर्जक रून्छ पनि अनि रूवाउँछ पनि।
सर्जकका सवै ज्ञानेन्द्र, कर्मेन्द्र, तीव्र र सकृय हुन्छन्
कुनै सिमाको बन्धन हुदैन चौ दिशा घुम्छन्
मन चेतनाको अदम्य साहस समेटेको सर्जक मनले,
द्रविभूत भावनाहरूको झंकारलाई लेख्छन्।
सर्जक भनेको कारखाना हो
सर्जक भनेको उत्पादक हो
कच्चा र सच्चा पदार्थको पारखी हो
अन्वेषक हो र अनुसन्धानकर्ता हो।
स्वयं गणन गणक हो र गणना हो
र गणित हो विज्ञ विज्ञान र वैज्ञानिक हो
ऊ मनका अनि तनका आँखाले हेर्छ
ऊ मष्तिस्क र भावनाका परखले विश्लेषण गर्छ
र प्रस्तुत गर्छ समाजको विम्व र प्रतिविम्वलाई।
सर्जक मनले स्वतन्त्र हुन्छ, यथार्थतालाई चित्रण गर्छ,
सिर्जित सृजनाको माधुर्यतामा रम्छ,
रंगिन बन्छ र रंगाउँछ सृजनाहरूलाई, उत्पादित सम्पदाहरूलाई
पस्कन्छ समाजमा गीतको लयमा, बहाउँछ सुन्दरता प्रीतका लयमा।
सर्जक चिकित्सक हो समाजको,
हेक्का राख्छ प्रत्येक दुःखेका चेहराहरूको,
त्यही चेहरामा पस्छ सर्जक र बर्सिन्छ पिडाधारा बनेर,
दुःख उरेल्छ, कुडिन्छ र चिच्चाउछ सर्जक।
कहिले कथा कथेर कहिले कविता रचेर
कहिले गीत गाएर या नाचेर या आकृति कोरेर
कुनै प्रयत्न बाँकी राख्दैन सर्जक, रोकिँदैन सर्जक,
अनवरत वगिरहन्छ र वगाइरहन्छ सुख दुःखमा धारा।
सर्जक चिकित्सक हो समाजको
व्याधी किनारा नलागुन्जेल चिरफार रोक्तैन् सर्जक,
सर्जक र सृजनामा असिमित लगाव हुन्छ,
सर्जक र सृजना सिमानामा वद्ध हुँदैनन्।
सर्जक भनेको साक्षी हो, सर्जक वादी पनि हो प्रतिवादी पनि हो,
अनि न्यायधीश पनि हो, न्याय र अन्याय विरोधको संखनाद पनि हो,
साधन पहिचान गर्ने मन्त्र हो, समाधान पर्गेल्ने यन्त्र हो,
कला, साहित्य, विज्ञान दर्शन र ज्ञानको उत्पादक हो, र साधक हो,
साध्य, सिद्धान्त अनि मानको नीति, नीतिगत अर्ति हो
प्रकृया र परिणामको फेहरिस्त राख्ने इतिहास र वर्तमान हो
मानप्रतिष्ठा अनि सामाजिक सम्मानको साक्षी हो।
सर्जक नै जनक र जननी हो समाजको
कारण, कार्य र परिणाम अनि सृर्जनाको
सर्जक अत्वेषण गर्छ –भौतिकता आधिभौतिकता र आध्यात्मिकताको
रस, रसादि अनि गण र गणादिको
वन वनस्पति जीव र मानव सम्वन्धको,
त्यसैले सर्जक विज्ञान लेख्छ,
सिद्धान्त र दृष्ट्रान्त बनाउँछ र प्रस्तुत गर्छ
समाज चलायमानताको साचो समाजलाई नै बुझाउँछ।
सर्जक ज्ञान को सृजक हो
सीप, कला र कौशलको पारखी होे
सर्जक ज्ञानको कारखानामा ज्ञानकै उपयोग गरेर ज्ञान उत्पादन गर्छ
र समाजलाई डार्याउँछ,
किनकि सर्जक नै समाजको उर्जा र गति हो,
सर्जकले सिर्जना गर्छ–समाजको लागि,
ऊ रम्छ पनि समाजकै लागि अनि रून्छ पनि समाजकै लागि
अनि हराउँछ र बिलाउँछ पनि समाजकै लागि । । । शुभम् । ।
Facebook Comment