नेचर सुपरमार्केट सञ्चालनमा, देशभर शाखा विस्तार गरिने

डिसी नेपाल
२९ कार्तिक २०७७ ८:०७

काठमाडौं। काठमाडौँको मैतिदेवीमा नेचर सुपरमार्केट सञ्चालनमा आएको छ। देशभर शाखा विस्तार गर्ने योजना सहित सुरु भएको सुपरमार्केटको पहिलो आउटलेट केही दिन अघि देखि सुरु भएको हो।

उक्त सुपर मार्केटमा खाद्यान्न, ग्रोसरी, ग्यास लगायतका दैनिक जीवनका लागी अत्यावश्यक सामाग्री राखिएको छ। स्वदेशी कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राख्ने योजना सुपरमार्केटले बनाएको छ।

बजारको माग र उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न र ग्रोसरी उपलव्ध गराउने प्रतिबद्धता अध्यक्ष जनक धामीले गरे। उपभोक्ताको माग अनुरुप काठमाडौँ उपत्यकाभरी होम डेलीभरीको सुविधा पनि उपलव्ध गराइएको उनले बताए। कोभिड १९ को संक्रमणको समय होम डेलीभरी सुविधा उपभोक्ताको स्वास्थ्य प्रति सचेत भएर गरिन लागिएको धामीले दावी गरे।

३ दशकभन्दा बढी समय खाद्यान्न लगायतका व्यवसायमा संलग्न व्यवसायीको संलग्नतामा नेचर सुपरमार्केट सुरु भएको छ। पहिलो १ वर्षभित्रमा सुपरमार्केटका शाखा उपत्यकाभित्र र विस्तारै देशका अन्य शहरहरुमा पनि विस्तार गरिने अध्यक्ष धामीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *