प्रचण्डकाे पस्तावले पार्टी एकता गम्भिर माेडमा : शंकर पाेखरेल

डिसी नेपाल
२९ कार्तिक २०७७ १०:५३

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता गम्भिर संकटमा पुगेको बताएका छन्। सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले सचिवालय वैठकमा अर्का अध्यक्ष प्रचण्डले लिएको एकल प्रस्तावका कारण पार्टी एकता गम्भिर संकटमा पर्न सक्ने बताएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु।’

‘व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ।’ मुख्यमन्त्री पोखरलेले भनेका छन्।

यसअघि शुक्रबार बसेको सचिवालय वैठकमा अर्का अध्यक्ष प्रचण्डले एकल पस्ताव प्रस्तुत गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई संगिन आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *