प्रधानमन्त्रीद्वारा डा. गाेविन्द केसीको स्वास्थ्य लाभको कामना, सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घाेषणा

डिसी नेपाल
२९ कार्तिक २०७७ ११:५१

काठमाडौं । सरकारका विरुद्ध निरन्तर सत्याग्रह गरेका गोविन्द केसीको सम्पूर्ण उपचारको खर्च सरकारले व्यहोर्ने भएको छ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत गोविन्द केसीको सम्पूृर्ण उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै डा. केसीको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।’

केसी विगत केही दिनदेखि कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *