थप १९४६ जनामा कोरोना संक्रमण, २५०३ संक्रमणमुक्त

डिसी नेपाल
२९ कार्तिक २०७७ १६:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २५ सय ३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २१५ पुगेको छ। यस्तै हालसम्म १ हजार ५७ जना क्वारेन्टिनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *