१४९ वर्षदेखि हुँदै आएको जौलजीवि मेला यो वर्ष भएन

डिसी नेपाल
२९ कार्तिक २०७७ २०:१२

दार्चुला । कोभिड–१९ को सङ्क्रमका कारण १४९ वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो पटक आयोजना भएन् । भारत पिथौरागढको पिथौरागढ जोलजीविमा हरेक वर्ष १४ नोभेम्बर अर्थात कात्तिक २९ गतेबाट ऐतिहासिक जौलजीवि शुरु हुने गरेको थियो ।

काली र गोरी नदीको संगमस्थलमा १८७१ मा अस्कोटका तत्कालिन राजा पुष्कर पालले ज्वालेश्वर मन्दिर स्थापना गरेर मेलाको शुरुवात गर्नुभएको थियो । सानो मन्दिर स्थापना गरेर शुरु भएको मेला अहिले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक स्थलका रुपमा चिनिएको छ ।

विसं १९६२ भन्दाअघि यो मेलामा तिब्बती व्यापारी आउने गर्दथे । भारत–चीन युद्धपछि तिब्बती व्यापारी जौलजीवि आउन छाडेका हुन् ।

स्थानीय व्यापारीले तिब्बतबाटै ल्याएका मालसामान मेलामा बिक्री गर्दै आएका छन् । यो पटक कोरोनाका कारण दुवैतर्फ मेला नलगाउने निर्णय भएको मालिकार्जुनवडा नं ७ का वडाअध्यक्ष लोकेन्द्रसिह धामीले जानकारी दिए ।

पछिल्लो समय स्थानीय सरकार आएपछि नेपालतिर पनि ऐतिहासिक मेला लाग्दै आएको थियो । नेपालमा औपचारिक रुपमा मंसिर १ गतेबाट मेला लाग्ने गरेको थियो । भारतमा ऐतिहासिक रुपमा यो मेला दुई सातासम्म लाग्ने गरेको थियो ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *