६४७६ पीसीआर परिक्षण गर्दा १४७७ जना संक्रमित थपिए, निको हुने प्रतिशत ८२.७

डिसी नेपाल
३० कार्तिक २०७७ १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २७ सय ९८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ।

यस्तै हालसम्म १ हजार २१ जना क्वारेन्टिनमा रहेका छन् । कोरोनबाट निको हुने प्रतिशत ८२.७ रहेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *