नेकपा सचिवालय बैठक जारी, प्रधानमन्त्री ओली पनि सहभागी

डिसी नेपाल
३ मंसिर २०७७ १३:३१

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्रको राजनीतिक विवादका विषयमा छलफल भइरहेको छ।

यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएपछि ओलीले बैठकमा सहभागी नहुने अडान राखेका थिए।

तर आफूमाथि लागेको आरोपको बैठकमार्फत नै जवाफ दिने भन्दै ओली बैठकमा सहभागी भएका हुन्। तर प्रचण्डको राजनीतिक प्रतिवेदनको जवाफ केही दिनपछि दिने ओली निकट स्रोतले जनाएको छ।

बैठकमा प्रधानन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *