दलाइ लामाका विषयमा चीनलाई अमेरिकाको चुनौती
काठमाडौं। चीनले नयाँ दलाइ लामाको चयन आफूले गर्ने बताइरहेका बेला अमेरिकाले चीनलाई चुनौती दिएको छ । अमेरिकाले चीनसँग नयाँ दलाइ लामाको चयन गर्ने कुनै धार्मिक आधार नभएको बताएको छ । तिब्बतका बौद्ध अनुयायीहरुले सयौं वर्षदेखि आफ्ना आध्यात्मिक नेतालाई सफलतापूर्वक चुनेको बताउँदै अमेरिकाले अब पनि त्यो अधिकार तिब्बतहिरुमा नै रहेको बताएको छ । टाइम्स अफ इण्डियाका अनुसार धार्मिक स्वतन्त्रताका लागि अमेरिकी राजदूत सामुएल डि ब्राउनब्याकले यस्तो बताएका हुन् ।
वाशिङटनमा आयोजित एक पत्रकार सम्मेलनमा राजदूत ब्राउनब्याकले भने ‘तिब्बती समुदायसँग कुरा गर्न म भारतको धर्मशाला गएको थिएँ । म उनीहरुलाई यो बताउन गएको थिएँ कि अमेरिका अर्को दलाइ लामाको छनोट गर्न अमेरिकाले चीनको विरोध गरिरहेको छ ।’ चीनसँग नयाँ दलाइ लामा चुन्ने अधिकार र धार्मिक आधार नभएको बताउँदै ब्राउनब्याकले यस विषयमा अमेरिकाले तिब्बती समुदायको समर्थन गर्ने बताए ।
१४ औं दलाइ लामा भारतमा बस्दै आएका छन् । १९५९ मा स्थानीय विद्रोहमाथि चीनको कारवाहीपछि उनी तिब्बतबाट भागेका थिए । चीन विश्वमै सबैभन्दा धेरै धार्मिक उत्पीडन हुने देश भएको बताउँदै ब्राउनब्याकले आतंकवादविरुद्धको लडाइँमा चीनबाट सहयोग नहुने दावी गरे । चीनले विश्वलाई धार्मिक उत्पीडन आतंकवाद रोक्ने उपाय भएको बताउने गरेको भए पनि उसैले धेरै आतंकवादी उत्पादन गरिरहेको आरोप लगाए ।
Facebook Comment