देशभर २१ सय ३ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २ लाख १५ हजार बढी

डिसी नेपाल
४ मंसिर २०७७ १६:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८०५ नमुना परीक्षण गर्दा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २७६ पुगेको छ।

यस्तै हालसम्म ७६७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पीसीआर परिक्षण भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *