एक एआईजी र पाँच डीआईजीको दरवन्दी थप

डिसी नेपाल
४ मंसिर २०७७ १६:५३

काठमाडौं। सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ। गृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद बैठकले एक एआईजीको पनि दरवन्दी थप गरेको हो।

गृहमन्त्रालयले पाँच डीआईजी दरवन्दी थप गर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषदमा पठाएको थियो।एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि डीआइजीको दरवन्दी पनि रोकिएको थियो। दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखामा पुगेको छ। थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहने छ।

सरकारले हालकै महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको थियो। अब अर्का एक डीआईजी पनि एआईजी हुनेछन्। डीआर्एजीहरु मध्येबाट हाल महानगरीय प्रहरी कार्यालयमा रहेका डीआईजी विश्व पोखरेल सिनिएर रहेका छन्। उनीसँगै सहकुल थापा र धिरजप्रताप सिंह पनि एआईजीको प्रतिस्पर्धी रहेका छन्। अहिले थप गरिएको पाँचसहित ८ पदमा बढुवाको तयारी थालिएको छ।

त्यसका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह प्रतिष्पर्धामा छन्।

त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको प्रतिस्पर्धामा रहेका छन्। विगत तीन महिनादेखि नेपाल प्रहरीमा ३ डीआईजी खाली रहेको छ। अहिले थपिएको दरवन्दीसहित १२ जना एसएसपीहरु डीआइजीमा बढूवा हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *