सलमान खानमाथि फेरि अर्को गम्भीर मुद्दा, हुन सक्छ ७ वर्षको जेल

डिसी नेपाल
९ कार्तिक २०७५ १०:३३

मुम्बइ। बलिउड अभिनेता सलमान खानमाथि ९ वर्षदेखि कालो हरिण शिकारको मुद्दा चलिरहेको छ । यो मुद्दामा दोषी ठहर भएर पनि सलमानले जमानत पाएका छन् । तर, उनीमाथि पुनः अर्को अभियोग लागेको छ । यो अभियोग प्रमाणित भएमा सलमानले ७ वर्ष जेल सजाय पाउनेछन् । अदालतमा यो मुद्दामा सुनुवाइको लागि २९ नोभेम्बरको तारिख तोकिएको छ ।

सलमानमाथि अदालतलाई गुमराह गर्न खोजेको र अदालतमा झुट बोलेको आरोप छ । सलमानले अदालतमा सुनुवाइमा उपस्थित हुन नसक्ने भन्दै जुन कारण देखाएका थिए त्यो कारण झुटो भएको भन्दै सलमानविरुद्ध सुनुवाइ भएको हो । यदि अदालतलाई धोका दिएको आरोप प्रमाणित भयो भने सलमानले ७ वर्षको जेल सजाय पाउनेछन् । साथमा उनीविरुद्ध जरिवाना पनि हुनेछ ।

सलमानले कालो हरिण शिकार मुद्दामा अदालतमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका थिए । निवेदनमा सलमानले आफू बिरामी भएको बताएका थिए । तर, ठिक त्यही दिन सलमान कश्मिरमा फिल्म बजरंगी भाइजानको शुटिङ गरिरहेका देखिए । यही कारण वन अधिकारी ललित बोडाले अदालतमा निवेदन दिँदै सलमानले अदालतलाई धोका दिएको अभियोग लगाए । यतिमात्र होइन सलमानको अर्को बयान पनि झुटो भएको बताइएको छ ।

अदालतले सलमानलाई उनको हतियारको लाइसेन्स अदालतमा बुझाउन भनेको थियो । त्यतिबेला सलमानले निवेदन दिँदै भनेका थिए कि उनको लाइसेन्स हराएको छ । त्यसपछि उनले २००३ को ८ अगष्टका दिन बान्द्रा पुलिस स्टेशनमा आफ्नो लाइसेन्स हराएको उजुरी पनि दर्ता गराएका थिए ।

पछि लाइसेन्स नवीकरण गर्न निवेदन दिँदा भने सलमानको झुट पक्रियो । अदालतमा झुटो दस्तावेज पेश गरेको आरोपमा आइपिसीको धारा १९३ आकर्षित हुन्छ । यो धाराअनुसार ७ वर्षको जेल सजाय र जरिवाना समेत हुन्छ । यतिमात्र होइन सलमानविरुद्ध यो अभियोग प्रमाणित भएमा कालो हरिणको मुद्दामा पाएको जमानतसमेत खारेज हुने खतरा रहन्छ । किनकि सलमानको आचरणलाई हेरेर दिइएको त्यो जमानत सलमानको झुटका कारण खारेज गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *