जासुसहरुको नाङ्गो नाच

डिसी नेपाल
७ मंसिर २०७७ १०:३७

मुलुक आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, स्वास्थ्य, खाद्यलगायत जनताका दैनन्दिन समस्यामा चरम असुरक्षाबाट गुज्रिरहेको छ। महामारी ह्याण्डल गर्न सरकार पूर्णत असफल भइसकेको छ।

भविष्य झनै अन्धकार र बिकराल छ। सामाजिक विभेद र धार्मिक असहिष्णुताले मुलुकलाई छिया छिया र चिरा चिरा पारेको छ। भ्रष्टाचारको जालो यति धेरै र गहिरो फैलिएको छ कि मुलुक टाट पल्टेको घोषणा हुनमात्र बाँकी छ।

यही मौका छोपेर भूपरिवेष्ठित मुलुकको सिमाना मिच्ने र भूमि अतिक्रमणलाई तीब्र पार्ने काम भइरहेको छ। प्राकृतिक स्रोत साधन वन्यजन्तुको संरक्षणले प्राथमिकता पाउन छोड्दा त्यसको चरम दोहन र विनास भइरहेको छ।

युवा जनशक्ति र जनश्रम अतिक्रमण, जल जङ्गल जमिन अतिक्रमणको पीडा सहन बाध्य छन् दूरदराजका निर्दोष जनताहरु, जसले जनप्रतिनिधि र तिनको सरकारको मन किञ्चित छोएको छैन।

माछा माछा भ्यागुतो

कांग्रेस होस वा कम्युनिष्ट वा अन्य तपशिलका दलहरु, रोगभोक कपासको आशामा भौंतारिरहेका जनताहरु सबै दलसँग बिच्किएका छन्। अहिले झन् वितृष्णाको पारोले सीमा नाध्दा ज्यादै आक्रोशित छन्। तथापि, शान्ति, स्थिरता र सम्बृद्धिको आशामा जबरजस्ती २ तीहाइको रहर गरेका थिए जनताले।

जनताको त्यो उत्साह आशा भरोसा मरेको छ—५ वर्षको म्याण्डेट पूरा नहुँदै। नेताहरुले के आश्वासन र प्रतिबद्धतामा जनता फकाए र जनताले के न्यूनतम अपेक्षा राखेर कम्युनिष्ट सरकारलाई दुई तिहाई मत दिए र बदलामा पाए के त्यो ऐनाजस्तै छर्लङ्ग छ।

चिनियाँ राजदूतले पनि बडी ल्याङ्वेज होस अथवा रेशम फिरिरी गीतको भाकामा कम्युनिष्ट दर्शनको बेइज्जत नगर्न नेताहरुलाई पटक पटक सचेत गराउदै आएकी छिन्। ‘रअ’ प्रमुख र उनको टीमले नेताहरुलाई धतुरो झार्ने गरी गाली गरेको कुरामा सत्यता छैन भनेर नकार्ने ठाउँ देखिँदैन।

पात्र उही र उस्तै प्रबृत्ति भएपछि ३ तीहाइ होस अथवा चार जनताले शान्ति सम्वृद्धि र सुख सुविधा पाउने गुञ्जायस देख्न छोडेका छन्। जनताको स्थिरताको चाहना यो तीनवर्षको अवधिमा यति धुजा धुजा भएर च्यातिएको छ कि अव त्यसलाई जोड्न सजिलो छैन र कसैले जोड्ने प्रयास गर्ला भन्ने आशा पनि क्रमश निराशामा परिणत हुँदै गएको छ।

दुई तिहाइको सर्वशक्तिमान सरकारबाट छिटो शान्ति सम्वृद्धि र सुखको सपना देखेका थिए जनता, कर्मचारी र फौजी निकायहरुका सकल दर्जाहरुले। मध्यम वर्गीय र धेरै निम्न वर्गीय नेपाली जनताकै हिस्सा सुरक्षाकर्मीहरुले सुखको आकांक्षा राख्नु अन्यथा पनि थिएन।

बिडम्बना, २ तीहाइको सरकार नेपाल आमा र उनका सन्ततीलाई आ“सुको समुन्द्रमा पौडी खेलाउने र जग हसाउने लोभी पापीको गुट र तिनको झुण्ड भयो।  मातृभूमिलाई बोझ। नेपाली जनतालाई झन ठूलो बोझ। बाह्य सुक्ष्म व्यवस्थापकहरुलाई वरदान।

दुई धारे तरवारको करामत

यही अनुकूलताको लागि राष्ट्रिय ईण्टेलिजेन्स एजेन्सीको घा“टी रेटिएको थियो उहिले। हाल प्रधानमन्त्री स्वयंले आफ्नो मातहतमा राष्ट्रिय ईण्टेलिजेन्स एजेन्सीलाई राखेता पनि त्यसलाई नीतिगत, संरचनागत र अपरेशनल सुधार गरेर चुस्त र कामयावी बनाउन सकेका छैनन्।

फलस्वरुप विदेशी गुप्तचरलाई मैदान खाली भयो। गएको ६ महिनामा भारतीय गुप्तचर ‘रअ’ ले खाली मैदानमा भर्ती केन्द्र खोल्यो। आकाश र जमिन दुवैतर्फबाट सलहजस्तो ‘रअ’ को प्रवेश र आक्रमण भयो। हाम्रा कतिपय भी.भी.आई.पी.हरु लामबद्ध भएर एजेण्टमा भर्ती भए।

पोसलाग्दो दाना पानी बुझिलिए। पूर्व हार्डकोरहरुले डबल तेब्बर दस्तुर लिएर नवीकरण गरे राष्ट्रिय एकता भा“ड्नको लागि, संविधान संशोधन छेकबार गर्नको लागि, नयाँ नक्सा जारीको काम रोक्नको लागि, अर्को छिमेकी मुलुकविरुद्ध आगो ओकल्नको लागि, सत्तारुढ दललाई भाँडभैलो हुलेर फुटाउनको लागि।

आजको बेमौसमको भाँडभैलो शून्य आन्तरिक ईण्टेलिजेन्सभित्रको बाह्य गुप्तचरको नाङ्गो नाच र खुलेयाम लगानीको परिणाम हो। राष्ट्रिय ईण्टेलिजेन्स शून्यता र काउण्टर ईण्टेलिजेन्सको मुना निमोठेर बाह्य ईण्टेलिजेन्सको एजेण्ट हु“दा हामीले पटकपटक ठूलो मूल्य चुकाइसकेका छौं। जनताको नासो मुलुकलाई अर्काको पोल्टामा हालिदिएका छौं।

अहिलेको सरकारलाई बाह्य गुप्तचरका आज्ञाकारी एजेण्टहरुले कोमामा पठाएर टाउको माथि तरबार लड्काइदिएका छन्। एउटा धार सरकारको गर्धनमा, तर आफ्नो गर्धनतर्फ परिलक्षित अर्को धारको हेक्का कम भएको हुन सक्दछ।

अहिलेको सरकारलाई बाह्य गुप्तचरका आज्ञाकारी एजेण्टहरुले कोमामा पठाएर टाउको माथि तरबार लड्काइदिएका छन्। एउटा धार सरकारको गर्धनमा, तर आफ्नो गर्धनतर्फ परिलक्षित अर्को धारको हेक्का कम भएको हुन सक्दछ।

सरकार बाह्य गुप्तचरको एम्बुसमा पर्ने र एम्बुस ढाकछोप गर्न विदेशी सहयोग नामको दान र भिक्षाको ओइरो लाग्ने पूर्व जनाउ पंक्तिकारले अघिल्लो लेखमार्फत दिइसकेकै थिएँ। दान आइलाग्ने र बिना समाधानका वार्ताका रोमाञ्चकारी नाटकहरु मञ्चन हुने क्रम बढ्ने निश्चित छ।

अहिले सत्तारुढ दलभित्र १० दिनको वाक युद्ध र लिखत युद्धबिराम भएको छ। अब यो विश्रामको समयमा बिदेशी हस्तक्षेपको बिभिन्न नाटक मञ्चन हुनेछ। विदेशी खुफिया एजेन्सीका एन्टेनाहरु ठाडो हुनेछन् र मोबाइल ट्राफिक ब्यापक बढ्नेछ। शासक र नेताहरुलाई अर्ति उपदेश र पाठ पढाइनेछ।

माननीयहरुलाई मोलतोल गरिनेछ र खरिद बिक्री शुरु हुनेछ। काठमाडौंस्थित राजदूतावासहरुबाट एम्बुलेन्स र राहत बितरणका गाडीहरुको पर्र्रा छुट्नेछन्। तिनले हिमाली फ्रेस स्याउको कार्टुनभित्र लुकाइराखेको नोट माननीयहरुको घरदैलोमा गोप्यसँग डेलिभर गर्नेछन्।

राष्ट्रिय ईण्टेलिजेन्स संयन्त्र मजबुत भएको भए र काउण्टर ईण्टेलिजेन्सको क्षमता बढाएको भए यस्तो नाङ्गो जासुसी आक्रमण हुने थिएन।
राष्ट्रिय सुरक्षा परिषद (रा.सु.प.) लाई बृहत्तर राष्ट्र हितमा सदुपयोग गर्ने विश्वसनीय र चुस्त संयन्त्र बनाई तिखारेर राखेको भए राष्ट्रिय स्वाभिमान र भूमिमाथि दिन दहाडै यस्तो हमला र अतिक्रमण हुने थिएन।

किन मारियो राष्ट्रिय ईण्टेलिजेन्स ?

३० वर्ष अगाडि २०४६ को परिवर्तनलाई सरकारले आफ्नो दलको विर्ता र पेवा ठान्दा ईण्टेलिजेन्स संयन्त्र दलीयकरण भयो। क्रमशः आलोपालो यो र त्यो दलको दलदलमा भासिँदै गयो।

जब १७ वर्षपछि परिवर्तनले गणतन्त्रको छलाङ्ग मार्यो ईण्टेलिजेन्सको घाँटी रेटियो। आफ्ना सारा कुकर्म र पाप ढाकछोप गर्न र आफू ओबानो देखिन ईण्टेलिजेन्स मारिएको थियो। दल र राजनीतिलाई के दोष? तर सञ्चालक पात्रहरुको कु–कर्म र राष्ट्रघाती अपराधहरुका ठेलीका ठेली थिए।

सत्तारुढ दलभित्र १० दिनको वाक युद्ध र लिखत युद्धबिराम भएको छ। अब यो विश्रामको समयमा बिदेशी हस्तक्षेपको बिभिन्न नाटक मञ्चन हुनेछ। विदेशी खुफिया एजेन्सीका एन्टेनाहरु ठाडो हुनेछन् र मोबाइल ट्राफिक ब्यापक बढ्नेछ। शासक र नेताहरुलाई अर्ति उपदेश र पाठ पढाइनेछ। माननीयहरुलाई मोलतोल गरिनेछ र खरिद बिक्री शुरु हुनेछ। काठमाडौंस्थित राजदूतावासहरुबाट एम्बुलेन्स र राहत बितरणका गाडीहरुको पर्र्रा छुट्नेछन्। तिनले हिमाली फ्रेस स्याउको कार्टुनभित्र लुकाइराखेको नोट माननीयहरुको घरदैलोमा गोप्यसँग डेलिभर गर्नेछन्।

आफ्नो ईण्टेलिजेन्स मर्नु भनेको बाह्य ईण्टेलिजेन्सको रबैया बढ्नु र मुलुकको जासुसी काममा विदेशीको कब्जा हुनु हो। विडम्बना, नेपाल आमाको छातीमा क्षेत्रीय र अन्तर्राष्ट्रिय खुफिया एजेन्सीहरुका बाक्ला शक्तिशाली ईण्टेलिजेन्स टावर र रडारहरु खडा भएका छन्। मुलुक विश्व खुफियाहरुको हब बन्न पुगेका नहिच्किचाई भन्न सक्ने भएको छु लामो समय सुरक्षा क्षेत्रमा मुलुकलाई शिरमा राखेर काम गरेको अनुभवका आधारमा।

बाहिरी खुफियाहरुको लहैलहैमा लागेर भित्री एजेन्ट बाहिर हाम्रा शासकहरुले रा.सु.प. लाई आफ्नो एम्बुस अथवा काल देखे र त्यसलाई डस्टबिनको मैलाभन्दा माथिको महत्व र प्राथमिकता दिएनन्। रा.सु.प.को आत्मा हो ईण्टेलिजेन्स। आत्मा मारिसकेपछि रा.सु.प. स्वभावतः डमी हुने नै भयो।

रा.सु.प. लाई गणतन्त्रका हिमायतीहरुले राजाको रक्षाकवचको रुपमा लिनु अर्को ठूलो अराष्ट्रिय र दोषी दृष्टिकोण थियो। सानोतिनो सुधार र त्यागले कोमामा गइसकेको रा.सु.प. र त्यसको आत्मा ईण्टेलिजेन्सको उद्धार सुधार सम्भव छैन। सक्कली राष्ट्रवाद एवं राष्ट्रियताले ओतप्रोत राजनेताको ईमान्दार एवं साहसिक पहल प्रयास र त्यागले मात्र यी सर्वाधिक महत्वका राष्ट्रिय संयन्त्रहरुलाई ब्यु“ताउन सकिन्छ।

ऐना हेरौं

गत वर्ष चीनका राष्ट्रपतिले कम्युनिष्ट आर्दशको बदनाम नगर्न सचेतनात्मक गाली दिए। देश र जनताप्रति उत्तरदायी र जवाफदेही बन्न निर्देशन दिए। चिनियाँ प्रशिक्षणको नया“ अध्याय र पाठ पनि त्यसकै सेरोफेरोमा रहेको बुझ्न कठिन भएन।

चिनियाँ राजदूतले पनि बडी ल्याङ्वेज होस अथवा रेशम फिरिरी गीतको भाकामा कम्युनिष्ट दर्शनको बेइज्जत नगर्न नेताहरुलाई पटक पटक सचेत गराउदै आएकी छिन्। ‘रअ’ प्रमुख र उनको टीमले नेताहरुलाई धतुरो झार्ने गरी गाली गरेको कुरामा सत्यता छैन भनेर नकार्ने ठाउँ देखिँदैन।

हाम्रा शासक र नेताहरुले गोजीमा ऐना बोकेर किन नहिँडने। बराबर ऐना किन नहेर्ने? के बीपी, गणेशमान, कृष्णप्रसाद, मदन भण्डारी र मनमोहन अधिकारीसँगै इमान्दार र स्वाभिमानी जननेताहरुको अन्त्य भएकै हो त? किन र कसरी हामी गाली खाने हैसियतमा पुग्यौं? ‘रअ’ प्रमुखको ३/४ घण्टाको कर्णप्रिय वाचन किन आवश्यक पर्यो यहा“को सरकार प्रमुखलाई?

नेपाली नेतृत्वहरु गुट् उपगुट् सम्हाल्न नसक्ने अवस्थामा पुगेको दह्रो प्रमाण हो यो। न मातृभूमिको सेवा न जनसेवा न परसेवामा निखार आएको छ। यो त बाल तथा कच्चापनको ऐना हो।

विवेकमा बिर्को लागेको र मालिकको गाली पनि अमृत सरह ग्रहण गर्ने अपमानजनक राष्ट्रिय बेइज्जतिको विन्दुमा पुगिसकेको संकेत हो यो। यस्ता म्याद गुज्रेका परनिर्भर आलोपालो नेतृत्वहरुबाट राज्य सञ्चालन र सुशासनको अपेक्षा गर्ने तथा मतको दुरुपयोग गर्ने हामी मतदाता पनि कम दोषी छैनौं।

सबै तहका नेतागणले ऐना हेरी आत्मसमीक्षा गरेर मालिकको होइन जनताको, परनिर्भर होइन आत्मनिर्भर भएर मातृभूमिको पाउमा त्वम शरणम्ः गर्न विलम्ब भइसकेको छ।

राष्ट्रिय सुरक्षालाई खतरा

सत्तारुढ दललाई दुश्मन विपक्षी होइन आफ्नै गुट् उपगुट भएको छ। विपक्षी दलको दुश्मन पनि आफैभित्रका गुट उपगुट भएका छन्। सुरक्षा फौजको दुश्मन बाह्य आक्रमण होइन आफ्नै देशका सत्तारुढ तथा विपक्षी दल, गुट उपगुटले बोकेका एजेण्डा, कुशासन र भ्रष्टाचार भएको छ।

जनताको दुश्मन सरकार स्वयं भएको छ जसले जनताको रोग भोक कपासको संविधानप्रदत्त अधिकार दिन सकेको छैन। सरकार होस् वा ऊमाथि खनिएका गुट उपगुट सबै खुफिया एजेन्सीबाट परिचालित छन्।

बाह्य खतराभन्दा आफ्नै मुलुकभित्रका वाह्य एजेण्टहरुको ‘राष्ट्रघाती मिशन’ धेरै गुणा महङ्गो हुन्छ राष्ट्रिय सेनालाई। तर, यिनका गतिविधिमा तत्काल सुधारको गुञ्जायस देखिँदैन।

कुनै दलमा सिङ्गो भावनात्मक एकता छैन। गुट उपगुटको मिलिजुली शासन मातृभूमि र जनताको माग हुँदै होइन। तसर्थ, एकमात्र विकल्प भनेको तेश्रो नया धारको उदय हो। सुरक्षा फौजहरुको राष्ट्रिय धर्म, कर्म भनेको राष्ट्रिय ईण्टेलिजेन्स संयन्त्र निर्माण गर्नु, काउण्टर ईण्टेलिजेन्स संयन्त्रलाई तिखार्नु र त्यसको जगमा रा.सु.प. लाई मजबुत पार्दै लैजानु हो।

ताकि नयाँ धार बाह्य खुफिया एजेन्सीको गोटी नबनोस्, बाह्य सुक्ष्म व्यवस्थापनको शिकार नहोस् र देश र जनताप्रति उत्तरदायी भएर अर्थपूर्ण शान्ति, सम्वृद्धि र स्वाभिमानी सुखको लागि दत्तचित्त होस्।

नेपाली सेनाले क–कसको कतिवटा भ्वाङ टालिदिने र सुधारको अपेक्षा गरेर दिन गुजारा गर्ने? गम्भीर सोचनीय विषय भएको छ। ७० वर्षको इतिहासमा प्रायः सबै शासकहरु बाह्य गुप्तचरको सुक्ष्म व्यवस्थापनका गोटी र खेलौना बन्दै आएका छन्। तर, देशका नेता भएका नाताले तिनको व्यक्तिगत एवं शासकीय रक्षा गर्न नेपाली सेनाले करले होइन रहरले काँध थाप्दै आएको हो।

महाभूकम्पको गहिरो चोटमा परेको बखत भारतले लगाएको अमानवीय नाकाबन्दी होस् वा अन्य नाकाबन्दीका श्रृंखला, नुन तेल घर घर पुर्याएर जनताको छाक टार्ने तर हल्लुण सरकारलाई काँध थाप्ने काममा नेपाली सेनाको दुरुपयोग हुँदै आएको छ। अब सेनाले आफ्नो इमान्दार काँध थपाइको मूल्यांकन गर्ने बेला आएको छ कि नेपाल आमा र नेपाली जनताले के पाए?

अन्त्यमा, नेपाल र भारत दुवै मुलुकको भावी राजनीति खुफिया प्रमुखको होइन दुई देशका सेनाध्यक्षहरुको सोझो रोडम्यापद्वारा निर्देशित होस् र दुई देश बीचका समस्याहरु शासकबीच गोप्यमा होइन जन चाहनाको मर्म र भावनाअनुसार पारदर्शी र सम्मानजनक ढंगबाट दुवैलाई जितै जित र राष्ट्रिय सुरक्षाको प्रत्याभूत हुने गरी स्थायीरुपमा समाधान गरियोस्। भिरमा जाने गोरुलाई राम राम पुकारे झै गरेर मुलुकलाई भड्खालोमा हाल्ने काम नहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *