सिधै दूतावास नआउन अमेरिकास्थित नेपाली दूतावासको सूचना
काठमाडौं। अमेरिकास्थित नेपाली दूतावासले सिधै दूतावास नआउन आग्रह गरेको छ। एक सूचना जारी गर्दै दूतावासले आवश्यक सेवा हुलाकमार्फत प्रवाह गर्न आग्रह गरेको हो।
‘पछिल्ला दिनहरुमा संयुक्त राज्य अमेरिका र खासगरी वाशिंटन डिसी आसपास क्षेत्रमा कोभिड– १९ को संक्रमण तीब्र गतिमा बढिरहेको र कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस राजदूतावासबाट प्रदान गरिरने सेवाहरु अर्को सूचना जारी नहुँदासम्म हुलाक मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ,’ सूचनामा भनिएको छ।
सेवा ग्राहीले अनिवार्यरुपमा उपस्थित हुनुपर्ने अवस्थामा अग्रिम समय मिलाएरमात्र उपस्थित हुन सूचनामा अनुरोध गरिएको छ। सूचनामा भनिएको छ, ‘सेवाग्राही अनिवार्यरुपमा उपस्थित हुनुपर्ने सेवाहरु जस्तै अधिकृत वारेसनामको हकमा अति जरुरी भएको अवस्थामा पहिल्यै समय निश्चित गरेर मात्र सेवा लिन सकिने छ।
साथै अन्य अति आवश्यक कामको लागि अग्रिमरुपमा समय निश्चित गरेर मात्र दूतावासमा भेटघाटका लागि आउन सकिने छ।’ नेपाल यात्रा गर्नेपर्ने अवस्थामा रहेका विदेशी नागरिकहरुमध्ये (नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ, संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशी नागरिक तथा निजका परिवारका सदस्यहरु रव नेपाल मुलका गैर आवासीय नेपाली –विदेशी नागरिक) गैर आवासीय नेपाली परिचय पत्र लिएका र परिचयपत्रको म्याद बाँकी भएका) तथा निजका परिवारका सदस्यहरुका ७२ घण्टाभित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको आधारमा नेपालको आगमन विन्दुमा भिषा जारी गरिने पनि सूचनामा उल्लेख गरिएको छ।
सूचनामा ५ वर्ष भन्दा मुनिका वालवालिकाको हकमा भने पीसीआर रिपोर्ट आवश्यक नपर्ने पनि उल्लेख गरिएको छ। अन्य विदेशी नागरिकहरुको हकमा नेपाल सरकारको पूर्वस्वीकृति यथावत रुपमा आवश्यक पर्ने दूतावासबाटै भिसा लिन चाहेमा यदि विदेशी नागरिकहरुले यस राजदूतावासबाट नै भिषा लिन चाहेका आवश्यक काजगजातसहित हुलाकमार्फत आयोदन गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।
Facebook Comment